ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट वक्तव्य पढ्ने बेलासम्म समझदारी बन्ने विश्वास छ- प्रधानमन्त्री


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   १ : २१   बजे

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट वक्तव्य बनाउने बेलासम्ममा सत्तापक्ष र प्रतिपक्षबीच समझदारी बन्ने दाबी गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। तर, प्रतिपक्षी दल नेपाली कांग्रेसले भने रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेको छ।

सोही अवरोध हटाउनका लागि आफूले निरन्तर संवाद गरिरहेको उनले बताए। ‘आज बिहानमात्रै पनि मैले नेपाली कांग्रेसका सभापतिसहितका नेताहरूसँग सहमतिको प्रयास गरेको छु, आज र भोलिसम्म बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। किनकी हामी त्यसको नजिकमै छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले संसद् बैठक अवरोध भइरहँदा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ नमिठो लागेको अनुभव सुनाए।

‘आज बेलुका वा भोलि बिहानसम्म समझदारी बन्छ भन्ने कुरामा विश्वास राखेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

यही परिस्थितिकाबीच रोष्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री प्रचण्डले भने, ‘आज एक वर्षपछि सदन अवरोधको जो स्थितिको बीचमा मैले सदनमा उठेका प्रश्नहरूका् जवाफ दिनुपरेको छ, मलाई नमिठो लागेको छ, दुःख लागेको छ।’

उनले यो अवस्थाको अन्त्य हुनुपर्ने बताए।

साथै, उनले एक वर्षअघि नीति तथा कार्यक्रममाथि छलफल हुँदा आगामी वर्षबाट पर्याप्त छलफल हुने बताएको स्मरण गरे।

‘गतसाल सरकारको नीति कार्यक्रमबारे उठेका छलफलको उत्तर दिने क्रममा अर्को सालदेखि नीति कार्यक्रम, बजेटको सिद्धान्तबारे पर्याप्त समय लिएर छलफल गर्ने, परिमार्जनको नयाँ प्रक्रिया सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group