ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक स्थायित्व र समृद्धितिर गएपछि प्रतिक्रियावादीहरुले षडयन्त्र गर्छन्- अध्यक्ष प्रचण्ड


admin
११ फाल्गुन २०७४, शुक्रबार   ७ : ०२   बजे

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुक स्थायित्व र समृद्धितिर गएपछि प्रतिक्रियावादीहरुले षडयन्त्र गर्ने बताएका छन्। यस्तो समयमा मदन भण्डारी र दरबार हत्याकाण्डजस्ता घटनाहरु हुनसक्ने समेत उनले आशंका व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामराज रेग्मीद्वारा लेखिएको नेपालको इतिहासमाः एक माक्र्सवादी दृष्टिकोण नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले कार्यक्रममा एमाले र माओवादी केन्द्रबीचको एकता प्रसंगलाई जोड्दै नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ विमर्श सुरु भएको दाबी गरेका छन् ।

माओवादी–एमालेबीचको एकतालाई जनताले दुई तिहाई बहुमतद्वारा अनुमोदन गरिसकेको बताउँदै उनले भने, ‘हामीले पार्टी एकताका विषयमा नयाँ विमर्श सुरु गरेका छौं, जनताले यसलाई दुई तिहाई बहुमतदुवारा अनुमोदन गरिसकेका छन्, यो एकता प्रक्रियाबाट अर्को वर्गले हार्दैछ, हामीले जित्दैछौ ।’

अध्यक्ष प्रचण्डले आफ्नो नेचर पुल भत्काएर अघि बढ्ने भएको दाबी गर्दै २०५२ सालमा जसरी अहिले पनि आफुले कम्युनिष्ट आन्दोलनभित्र क्रमभंग गर्दै पुल भत्काएर अघि बढेको समेत प्रस्ट पारे ।

उनले भने, ‘मेरो नेचर पुल भत्काएर अघि बढ्ने छ, ०५२ पनि पुल भत्काएर अघि बढे, अहिले पनि पुल भत्काएर अघि बढिरहेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group