ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   ११ : ५६   बजे

काठमाडौं १७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ।

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो ९जेठ १६ गते० मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।

यस विषयमा नेपालखबरले जिज्ञासा राख्दा धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। ‘यो गोपनीयता भंग गर्ने कुरा होइन, हामीले बोल्न मिल्दैन।’

 

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। उनले भने, ‘मैले बोल्न मिल्दैन।’

स्रोतका अनुसार अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सिरोहियाविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले दाहालसँग यसअघि पनि बयान लिइसकेको छ। अनुसन्धानमा प्राप्त प्रमाण र उनको बयानबीच तालमेल नदेखिएपछि प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो।

बयानका क्रममा तत्कालनी शाखा अधिकृत दाहालले सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि आफ्नैजस्तो लागेको बताएका थिए। यसको फरेन्सिक जाँच काठमाडौँमा हुँदै छ।

यस्तै पहिलोपटक नागरिकता दिने तत्कालीन सीडीओ भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएपछि प्रहरीको मागअनुसार अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिएको हो।

सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी देखिएको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनलाई यही जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट प्रहरीले नियन्त्रणमा लिई धनुषा लगेको थियो।

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि उनी बिरामी भएका थिए। त्यसपछि उनलाई जेठ ११ गते साँझ जनकपुरमै रहेको काव्य अस्पतालमा भर्ना गरिएको थियो। तर त्यस अस्पतालले रेफर गरेपछि सिरोहियालाई गत मंगलबार काठमाडौँ ल्याई मेडिसिटी अस्पताल ९ललितपुर० भर्ना गरिएको छ।

त्यहाँ उपचार जारी रहेकै बेला उनलाई बुधबार हाजिरी जमानीमा छाडिएको हो।

२०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका(२ ठेगानामा जारी शिवजी साहु तेलीको नागरिकता नम्बर र २०३३र०३४ को रेकर्डअनुसार भनी २०५७ असोज २८ को निर्णयबाट जारी सिरोहियाको नागरिकताको नम्बर एकै छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group