ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाल विपक्षीको बैठकमा किन जानु भो, पार्टीलाई जानकारी छैन- झलनाथ खनाल


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   १२ : ०२   बजे

काठमाडौं १७ जेठ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्ना अध्यक्ष माधव नेपाल विपक्षीको बैठकमा गएको कुरा पार्टीलाई औपचारिक जानकारी नभएको बताएका छन्।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेर फर्केपछि नेपालखबरले राखेको जिज्ञासामा नेता खनालले अध्यक्ष नेपाल बुधबार साँझ बूढानीलकण्ठमा आयोजित विपक्षी दलहरूको बैठकमा गएको कुरा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको टिप्पणी गरेका हुन्।

बूढानीलकण्ठमा देउवा, ठाकुर, नेपाल र यादवबीच यी तीन विषयमा भयो छलफल

‘मैले पत्रपत्रिकाबाट थाहा पाएँ। विपक्षीहरूको बैठकमा हाम्रा अध्यक्ष ९माधव नेपाल० जानु भो भन्ने सुनेँ’, उनले भने, ‘पार्टीमा औपचारिक जानकारी छैन। त्यहाँ उहाँ किन जानुभयो, के छलफल भयो, पछि उहाँले जानकारी गराउनु नै होला।’

अध्यक्ष नेपाललाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास ९बालुवाटार० पुगेका थिए। प्रधानमन्त्री प्रचण्डसँग करिब एक घण्टा छलफल भएको नेता खनालले जानकारी दिए।

‘समसामयिक विषयमा, अहिलेको समीकरण, यसको सुदृढीकरण, प्रदेशमा पनि सोही समीकरण दरिलो बनाएर लानुपर्‍यो, यिनै विषयमा कुराकानी भयो’, उनले भने, ‘हाम्रो पार्टी अहिलेको समीकरणमा संलग्न छ। यही समीकरणलाई बलियो बनाउने, सुदृढ गर्ने, त्यही पक्षमा पार्टी दृढ छ।’

आफ्नै प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका लागि आफूलाई बालुवाटार बोलाएको नेता खनालले बताए।

‘उहाँले सोही गठबन्धन र सरकारलाई बलियो बनाउने, अझ सुदृढ बनाएर लाने प्रतिबद्धता जनाउनुभयो’, खनालले भने, ‘मैले पनि प्रस्तुत सार्वजनिक नीति, कार्यक्रम र बजेट जनताका पक्षमा कार्यान्वयन गरेर अगाडि बढ्न सुझाव दिएँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group