ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहसिक पदमार्ग र जुस उद्योग बनाउदै सिरीजंघा गाउँपालिका


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   ४ : ३४   बजे

काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले स्थानीय कृषि तथा रोजगार प्रबर्द्धनका लागि पालिकाभित्रै सार्वजानिक निजी साझेदारी मोडलमा आगामी आर्थिक वर्षभित्र फलफुल जुस उत्पादन कम्पनी निर्माण गर्ने भएको छ ।

हालै सम्पन्न पालिकाको १५ औं गाउँसभामा आगागी आर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त परियोजनालाई उच्च प्राथमिकताका साथ पहिलो नम्बरमै समावेश गरिएको छ । चालु आर्थिक वर्षमै पालिकामा उत्पादित फलफुलहरुलाई प्रशोधन गरि जुस उत्पादन गर्नका लागि विस्तृत परियोजना प्रस्ताव(डिपीआर) तयार भईसकेको र आगामी आर्थिक वर्षमा विगतदेखि नै पालिकामा संचालित “सिरीजंघाको सान, उद्यमशील किसान” कार्यक्रमलाई निरन्तरता दिदै जुस उत्पादन कम्पनीमा लागि आवश्यक पर्ने फलफुल खेतीलाई थप प्रभावकारी बनाउन किवीको नर्सरी,वेर्ना उत्पादन र विस्तारमा समेत जोड दिईने बताइएको छ ।

यसैगरी, “सिरीजंघाको गौरव, कंचनजंघा” भन्ने मुल नाराका साथ पर्यटनतर्फ नेपाल सरकारसंगको लागत साझेदारीमा निर्माणाधीन याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, चैराम हुदै विश्वको तेस्रो सर्वोच्च शिखर कंचनजंघाको बेस क्याम्प(केबिसी(सम्म जाने साहसिक पदमार्गलाई पालिकाको गौरव आयोजनाको रुपमा निरन्तरता दिइने र चालु आर्थिक वर्ष २०८०।०८१ मा गरिएको अध्ययन प्रतिवेदन अनुसार सो साहसिक पदमार्गअन्तरगत कम्तीमा २ स्थानमा व्यवसायीहरुसंगको साझेदारीमा होम स्टे स्थापना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिने भएको छ ।

पालिकामा निर्माणाधीन १० शैयाको आधारभुत अस्पताल भवन निर्माण सम्पन्न भई आगामी आर्थिक वर्षभित्रै संचालनमा आउने, सिरीजंघा गाउँपालिकामा रहेको नेपालको पहिलो तथा एक मात्र लिम्बू संग्राहलय समेतलाई समेटेर मुन्धुम पर्यटन पार्क निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव(डिपीआर) तयार गरि निर्माणका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । हालै सम्पन्न पालिकाको १५ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि सिरीजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले १०६ बुँदे नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

पालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावोले सिरीजंघामा कृषि तथा फलफुल उत्पादनमा प्रचुर संभावना रहेको बताउदै गाउँमै रोजगार प्रवर्द्धन र युवाहरुलाई उत्पादनसंग जोड्नका लागि पालिकाले सार्वजानिक निजी साझेदारी मोडलमा जुस उत्पादन उद्योग संचालन गर्न लागेको बताउनुभयो । यसले गाउँघरबाट युवा पलायन रोक्न समेत टेवा पुग्ने विश्वास उपाध्यक्ष डा. मावोको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group