ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो – पूर्व अर्थमन्त्री पौडेल


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   ४ : ०६   बजे

काठमाडौं २० जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए।

अर्थमन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताउँदै पौडेलले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको पनि बताए।

 

‘बजेट तुलनात्मक रुपमा सन्तुलित छ। बाहिर आशंका र अनुमान गरेका थिए। अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरू पनि आएका थिए। २० खर्बको हाराहारीमा बजेट बन्छ भनेर चर्चाहरू पनि आएका थिए।

अर्थमन्त्रीले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ,’ उनले भने, ‘बजेटको आकार पनि तुलनात्मक रुपमा सन्तुलित मान्छु। बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो छैन। सजिलो नभए पनि यो सिमासम्म जानसकिन्छ। बजेटलाई महत्वकांक्षी भनेका छन् तर म महत्वकांक्षी भन्नदिन उच्च आकाक्षी बजेट भन्छु।’

२० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशंका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको दाबी उनले गरे। अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गरे।

उनले बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो नभएको बताउँदै बजेटको स्रोत जुटाउन सजिलो नभए पनि सीमासम्म जानसकिने पनि बताए।

‘राजश्व संकलन, आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको छ। बजेटलाई उच्च आकाक्षी भन्दा राम्रो पदावली होला भन्ने लाग्छ। अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाए। अर्थमन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन,’ उनले भने, ‘चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट अर्थमन्त्रीले गर्नुभएको छ। बजेट निर्माणको यो दृष्टिकोणलाई राम्रो मान्छु। सहज यात्रालाई जो कसैले पनि गर्न सक्छ। चुनौती पूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु महत्त्वपूर्ण हुन्छ।’

जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको र चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन हुने अनुमान भएपनि आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको भन्दै सहज नभएको उनले बताए।

सरकारले राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको पनि उनले बताए।

‘अर्थमन्त्रीले सहज ढङ्गले काम गर्दिन, अफ्ठ्याराहरुका बीचमा काम गर्छु। मुलुकका निम्ति चुनौतीका बीचमा काम गर्ने र चुनौतीलाई पार गर्ने अठोट लिनु भएको छ। अर्थमन्त्रीले बजेटको स्रोतमा जुन प्रस्तावहरू गर्नुभएको छ त्यहाँ चुनौती सिर्जना गर्ने र पार गर्ने रहेको पाउँछु,’ उनले भने, ‘जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ। चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन होला भन्ने अनुमान गर्न सकिन्छ। तर आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ। यो लक्ष्य सजिलो छैन।’

वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेको तर आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित भएको भन्दै यो पनि सजिलो नभएको उनले बताए।

वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेको भन्दै आगामी आर्थिक वर्षमा २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नु चुनौतीपूर्ण रहेको पनि बताए।

‘मेहनतका साथ राज्यका सबै संरचना संयन्त्रहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न असम्भव पनि छैन। वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेका छौं । आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित गर्नु भएको छ।

वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेका छौँ। २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नुभएको छ। यो प्रस्ताव पनि चुनौतीपूर्ण छ तर असम्भव भने छैन।

राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा छौँ। यस्तो अवस्थामा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि छ,’ उनले भने।

पूर्वअर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group