ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी टी–२० विश्वकप: ओमानलाई पराजित गर्दै नामिबिया विजयी


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   ११ : ४७   बजे

काठमाडौं २१ जेठ । सुपर ओभरमा ओमानलाई पराजित गर्दै नामिबियाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।

सोमबार बिहान भएको खेलमा समूह ‘बी’ को खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा ११ रनले हराएको हो। जारी विश्वकपमा पहिलो पटक सुपर ओभरबाट नतिजा आएको हो।

सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए। ओमानका विलाल खानले बलिङ गरेका थिए। सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो।

 

वाइसले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए। पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे।

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए। डेविट वाइस बलिङमा आए। ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो। तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए।

ओमानले १ सय १० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

नामिबियाका लागि जान फ्राइलिंकले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ४८ बलमा ६ चौका प्रहार गरे। निकोलस डाभिनले २४ र कप्तान गेहार्ड इरासमसले १३ रन थपे।

२ बलको सामना गरेका ओपनर माइकल भान लिंगेन शुन्य रनमा नै विलाल खानको बलमा बोल्ड आउट भए।

ओमानका मेहर खानले २ विकेट लिए। विलाल खान, अकिब इलियास र आयान खानले समान एक् विकेट लिए।

त्यसअघि ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १ सय ९ रन बनाउँदा अलआउट भयो।

खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो। जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे। डेविड वेल्सले ३ विकेट झारे। गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे।

विश्वकपमा आज राति नै समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन्। सो खेल राति सवा ८ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group