ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट सन्तुलित, कार्यान्वयन चुनौतीपूर्ण : विष्ट


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ३ : ११   बजे

काठमाडौं २२ जेठ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको सांसद विष्टको भनाइ थियो । उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको बताए ।

चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालि लाग्दो अवस्था देखापरेको विष्टको भनाइ थियो । ‘आगामी आर्थिक वर्षको बजेट सन्तुलित आएको छ । करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तिमा १ प्रतिशत कम गर्नु सकारात्मक पक्ष छन् । चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालीलाग्दो अवस्था देखापरेको छ ।

यसका लागि सार्वजनिक पुरावलोकन उच्च स्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नको लागि संसद्मा साझा सहमतिका साथ अगाडि जान सकेनौं भने विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सिमित हुने अवस्था छ,ु उनले भने, ुअहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त भएको अवस्था छ । तर आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिन्छ । वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको छ ।

गत वर्ष ५० अर्ब अनुमान गरिको थियो आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा राखिएको छ यो पनि यथार्थसँग मेल खाने सम्भावना कम छ । आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको छ । आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा संकुचित हुने, बैंकको ब्याजदर बढ्ने,निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने अवस्था छ । यो विषयमा अर्थमन्त्री गम्भीर हुन जरुरी छ ।ु

बजेटको ११ प्रतिशत मात्रै पुँजीगत खर्च भएको अवस्था रहेको विष्टको भनाइ थियो । ुबजेटले पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएको छ । त्यसको अनुपातमा कार्यक्रममा विनियोजन भएनकी भन्ने लाग्छ । कृषि दशक भनिएको छ तर यही वर्षको बजेटमा कृषि क्षेत्रमा बजेट घटाएको छ ।

सूचना प्रविधि दशक भनिएको छ । यही बजेटले बजेट कम गरेको छ । १६ लाख पर्यटक भित्र्याउने भनिएको छ तर पूर्वाधारहरू पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थल चलाउने उद्घोष भएको छैन । आर्थिक वृद्धि ६ प्रतिशतको अनुमान गरिएको छ । उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म कसरी आर्थिक वृद्धि मेल खान सक्छ । त्यसले बजेटका केही अभाव देखिएका छन्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वासको मतअघि मुख्यमन्त्री किरण थापाको ‘अग्निपरीक्षा’, राप्रपा र नेकपाको असन्तुष्टिले बढायो संशय

एमालेले नीति, विचार र कार्यशैली पुनर्गठन गर्नुपर्ने : उपाध्यक्ष गुरुङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu