ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा अब गठबन्धन सरकार, कांग्रेस १०० सिट पार


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ३ : ४२   बजे

काठमाडौं २२ जेठ । भारतको लोकसभा निर्वाचनको मत गणना मंगलबार बिहानैदेखि चलिरहेको छ । अहिलेसम्म जम्मा तीन सिटको टुंगो लागेको छ, बाँकी ५४० मा गणना चलिरहेको छ । त्यसैले कुन दलले कति सिट जित्छ भन्न हतार हुन्छ ।

तर अहिलेसम्मको रुझान हेर्दा केही कुरा प्रष्ट भएको छ ।

४०० होइन, २७२ पार होला ?

१० वर्ष भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टी ९भाजपा०ले यो पटक ४०० पारको नारा दिएको थियो । २०१९ मा एक्लै ३०३ सिट जितेको भाजपा नेतृत्वको एनडीए गठबन्धनको ३५३ सिट जितेको थियो । त्यसैले भाजपा नेताहरुले यो पटक एनडीए गठबन्धनले ४०० सिट जित्ने दाबी गरेका थिए । मतदान सकिएको दिन सार्वजनिक भएका एक्जिट पोलहरु समेत एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म जित्ने दाबी गरिएको थियो ।

तर मंगलबार बिहान जब मतगणना सुरु भयो, ४०० पारको मोदी लहरको छनक देखिएन । विपक्षी गठबन्धनले कडा टक्कर देखिएको देखियो र सुरुवाती रुझानबाट मोदी र एनडीएको यो पटक ४०० पारको नारा फेल खायो ।

मतगणनाका क्रममा एनडीए गठबन्धनले एक समय ३०० भन्दा बढी सिटमा अग्रता लिएको थियो ।

त्यसैले ४०० नभएपनि ३०० पार होला भन्ने प्रश्न देखियो । तर त्यो पनि धेरैबेर टिक्न सकेन । पछिल्ला केही घन्टामा एनडीए गठबन्धनको अग्रता ३०० मुनी नै रह्यो ।

पछिल्लो समय एनडीए गठबन्धनको अग्रता बहुमत क्रस छ, तर ३०० पुगेको छैन । बीबीसी हिन्दीका अनुसार हाल २९५ सिटमा एनडीए गठबन्धनको अग्रता छ भने विपक्षी गठबन्धनको २३१ र अरुको १७ सिटमा अग्रता छ ।

अब गठबन्धन सरकार

पछिल्लो १० वर्षमा चुनाव अगाडि नै एनडीए गठबन्धन बनाएका कारण मोदी सरकारमा अरु दल पनि थिए, तर २०१४ र १०१९ मा भाजपा एक्लैले प्रष्ट बहुमत ल्याएको थियो । त्यसैले सरकार गठबन्धन सरकार जस्तो थिएन ।

यो पटक भाजपाको एक्लै बहुमत आउने छैन । जारी मतगणना अनुसार भाजपा २४२ सिटमा अगाडि छ ।

विपक्षी गठबन्धन बनाएको कांग्रेस १०० सिटमा अगाडि छ । अर्थात भारतमा अब साँच्चैको गठबन्धन सरकार बन्नेछ ।

अहिलेसम्म हेर्दा एनडीए गठबन्धन बहुमत ९२७२० भन्दा बढी सिटमा अगाडि रहेकाले मोदीकै नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना छ । तर एनडीए गठबन्धनमा रहेका चन्द्रबाबु नायडूको तेलगु देशम पार्टी १६ र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड १३ सिटमा अगाडि छन् । २२ सिटमा अरु दल छन् ।

एनडीए गठबन्धनमा रहेका केही दलले कित्ता परिर्वतन हुने भने अर्को सरकार पनि बन्नसक्छ ।

कांग्रेस १०० सिट पार १

लोकसभा चुनावमा कांग्रेसले ठूलो छलाङ मारेको छ । २०१४ मा ४४ सिट जितेको कांग्रेसले २०१९ मा ५२ सिट जितेको थियो ।

यो पटक विपक्षी दलहरुसँग मिलेर इण्डिया गठबन्धन बनाएको कांग्रेसले ठूलो फड्को मार्ने पक्का देखिएको छ । हाल कांग्रेस १०० सिटमा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu