ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो गढमै भाजपालाई ठूलो झट्का, कहाँकहाँ लाग्यो चोट?


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ४ : ३२   बजे

काठमाडौं २२ जेठ । यसवर्षको भारतको लोकसभा निर्वाचनको नतिजा थुप्रैका लागि आश्चर्यजनक रह्यो। खासगरी एक्जिट पोलपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहज जित हात पार्ने आकलन गरिँदै आएको थियो।

तर, भाजपाले संसदमा एकल बहुमत गुमाउने भएको छ। त्यसभन्दा आश्चर्यजनक नतिजा भाजपाले आफ्नै गढमा बेहोर्नुपरेको छ।

 

लोकसभाका ५४३ मध्ये सबैभन्दा बढी ८० सिट रहेको उत्तर प्रदेशमा भाजपालाई धक्का लागेको हो। जहाँ अघिल्ला दुई चुनावमा भाजपाले लगभग एकलौटी जित निकालेको थियो।

२०१४ मा उत्तर प्रदेशमा भाजपाले ७१ सिट जितेको थियो भने २०१९ मा ६२ सिट।  तर, यसपटक सो पार्टी मात्र ३५ सिटमा अगाडि छ। विपक्षी इन्डिया गठबन्धन ४४ सिटमा अगाडि देखिएको छ।

हिन्दुत्वको नारा उचालिरहेको भाजपाविरुद्ध मुस्लिम मत एकत्रित भएको धेरैजसोको अनुमान छ।

यहाँ कंग्रेस र समाजवादी पार्टी मिलेर चुनाव लडेका थिए। अर्थात्, राहुल गान्धी र अखिलेश यादवको जोडी सफल भएको छ।

एक्लै चुनाव लडेकी मायावतीको बसपा भने सबै सिटमा पछाडि परेको छ।

उत्तर प्रदेशबाहेक भाजपाले पश्चिम बंगालमा पनि शक्ति गुमाएको छ। अघिल्लो पालि १८ सिट जितेको भाजपा १० सिटमा झरेको छ।

महाराष्ट्रमा पनि भाजपाले सिट गुमाएको छ। अघिल्लो पालि २३ सिट जितेको भाजपा यसपालि १४ सिटमा मात्र अगाडि छ।

यहाँ भाजपा नेतृत्वको एनडीए गठबन्धन १९ सिटमा अगाडि रहँदा विपक्षी इन्डिया गठबन्धन २८ सिटमा अगाडि छ।

हरियाणामा पनि भाजपाले सिट गुमाउँदा पञ्जाबमा खातै खोल्न सकेको छैन।  यद्यपि भाजपाले उडिसा, कर्नाटक, आन्ध्र प्रदेश र केही हदसम्म तेलंगनामा सिट बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group