ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुमना लक्षित ओलीको टिप्पणीमा रास्वपाको आपत्ति


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   १२ : १५   बजे

काठमाडौं २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।

रास्वपाका नेताहरूका अनुसार पार्टीभित्र आन्तरिक छलफल गरेर नै पूर्वशिक्षा मन्त्री समेत रहेका रास्वपाका सांसद खनालले सुमनाप्रति लक्षित गरेर भएका टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।

नेपालकै इतिहासमा विदेशीसँग विवाह गर्ने नेपाली महिलाहरू सम्मानित रहेको सांसद खनालले स्मरण गरे । उनले भनेका छन्, ‘कुनै एउटा यस्तो युग थियो जहाँ काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग बिहे गरिन् । जनकपुरकी राजकुमारी अयोध्याका राजकुमारसँग बिहे गरे र ती दुवै पुज्य भए ।’

तर पछिल्लो समय विदेशमा पढेको, विदेशीसँग विवाह गरेको जस्ता विषयलाई आधार मानेर नेपाली महिलाप्रति अनावश्यक टिप्पणी हुन थालेको सांसद खनालले बताए ।

सुमना श्रेष्ठको नाम नलिएर सांसद खनालले श्रेष्ठले नेपालमा गरेको योगदानको स्मरण गरे ।

‘आज यस्तो जमाना आयो विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ १० वर्ष अगाडि देश फर्किइन्, भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन्, नाकाबन्दीको बेला ‘कारपुल’ भनेर सडकमा हिँडिरहेका मानिसहरूलाई यात्राको सुविधा प्रवाह गरिन्, उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दा घुम्दै आएर मन्त्री बनेको भनिएको छ,’ सांसद खनालले भने ।

सुमना श्रेष्ठले लगाएको लुगा समेतका आधारमा समेत टिप्पणी हुने गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

उनले अगाडि भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ । कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । यही सभा हलभित्र, कहिले बन्द कोठाभित्र ‘ ।’

नेकपा एमालेका अध्यक्ष ओलीले विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सुमना श्रेष्ठको नाम नलिइकन टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।

जहाँ ओलीले भनेका छन् ‘‘विदेशको को केटासँग बिहे गर्‍या छ रे, नेपाल घुम्न आएकी, मन्त्री पो भइन्,’ भनेको सुनिन्छ । पृष्ठभूमिमा के कुरा भएका थिए त्यो भिडियोमा छैन ।

आफ्नो टिप्पणीको आलोचना भएपछि गत शनिबार एउटा सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले चेली शब्द प्रयोग गरेर सुमना लक्षित टिप्पणीलाई कथाको रूपमा व्याख्या गरेका थिए ।

एउटा कथाु भन्दै ओलीले भनेका छन्, ‘एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन्, के भयो, अनि ती आफ्नो माइती देशमा एक पल्ट गइन् अरे, माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तोरकस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छ भन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ । पानी परेका बेला माछा खस्छ, माछा ‘ ।’

एमाले अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि रास्वपाभित्र आन्तरिक छलफलसमेत भएको थियो ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले महिलाको अधिकार, वर्गीय समानताका लागि नेपालमा राजनीति भएको होइन भन्दै प्रश्न गरे । उनले भने ‘लामो समयदेखि नेपाली राजनीतिमा महिलाको उन्मुक्तिको लागि, वर्गीय उन्मुक्तिका लागि राजनीति के का लागि गरेको रु सबै महिला र पुरुष बराबर हुन् भनेर होइन र रु’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group