ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा शून्य समय : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   १ : ०७   बजे

काठमाडौं २४ जेठ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार बसको बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले लगाएका मकै, केराखेतीलाई गम्भीर असर पारेको जनाउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग आग्रह गर्नुभयो । सांसद अमेरशकुमार सिंहले वर्षात् हुनुभन्दा पहिला नै सर्लाहीका नदीमा तत्काल तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बागमती नदीमा तत्काल तटबन्ध निर्माण गरियोस् । नदीले तटीय चार–पाँचवटा गाउँको जनजीवन जोखिममा छ ।”

सांसद अमृतलाल राजवंशी र सांसद जुलीकुमारी महतो महासेठले किसानहरूलाई खेतीको याममा मल उपलब्ध गराउन आग्रह गर्नुभयो । यसैगरी सांसद उर्मिला थेबेले ताप्लेजुङका हिमाली जिल्लामा प्राविधिक शिक्षाको सुधारमा ध्यान दिन, सांसद गङ्गाप्रसाद यादवले अत्यधिक गर्मीका कारण तराई÷मधेशको जनजीवन प्रभावित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य संस्था सुधारका लागि राज्यको थप प्रतिबद्धता आवश्यक रहेको स्वास्थ्यमा चार प्रतिशत बजेटले अपुग भएको, तीसौँ वर्षको स्वास्थ्य दरबन्दीको जनशक्तिले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

सांसद ईश्वरी घर्तीले बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजनाको काम छिटो गर्न सोहीअनुसार बजेट छुट्याउन ध्यानाकर्षण गराउनुभयो । सांसद जावेदा खातुनले बजेट सन्तुलित र समावेशी नभएको र बजेटमा मुस्लिम समुदायको सम्बोधन नभएको गुनासो गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसी, कान्तिका सेजुवाल, किरणकुमार साहले स्थानीय तह र सङ्घीय सरकारबीचको समन्वय अभावका विषय ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा सांसदहरू अशोककुमार चौधरी, आश्माकुमारी चौधरी, ईश्वरबहादुर रिजाल, ईश्वरीदेवी न्यौपाने, कुसुमदेवी थापा, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, चन्द्रबहादुर विश्वकर्मा, जीवन परियार, टेकबहादुर गुरुङ, ऋषि पोखरेल, अम्मरबहादुर रायमाझीलगायतले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group