ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   १ : १५   बजे

काठमाडौं २४ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद केसीले यस्तो माग गर्नुभएको हो । उहाँले सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र सहअस्तित्वमा आधारित भएको बताउनुभयो । उहाँले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग सङ्घ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताउनुभयो ।

उहाँले संविधानको अनुसूची ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रूपमा तोकेको भन्दै सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्तित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूची ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रूपमा तोकेको छ । हाल सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको छ ।’’

उहाँले सरकारले तत्काल समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी पक्षले अहङ्कार, हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रतिपक्षको भूमिकामा सशक्त हुन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu