ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय प्रक्रियामा सभामुख झुक्किएर एउटै सम्झौता दुई पटक पारित


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   ४ : ०४   बजे

काठमाडौं २४ जेठ । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आईएसए० को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ ।

प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गर्‍यो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे ।

सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिए ।

 

मन्त्रीले जवाफ दिइकेपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समय नै नदिएर सभामुख घिमिरेले सिधै निर्णयार्थ पेस गरे ।

सभामुखले हुन्छ र हुन्न भन्न लगाएपछि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने ।

त्यसपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे । जबकि अनुमोदन गरियोस् भन्ने प्रस्ताव नै पेस भएको थिएन ।

संसद् सचिवालयका कर्मचारीहरूले त्रुटि भएको बताए । त्यसपछि सभामुख घिमिरेले त्रुटि भएको भन्दै फेरि प्रक्रिया अगाडि बढाए ।

‘माननीय सदस्यहरू हामीले एउटा सन्दर्भ अलिकति तलमाथि पर्न गएर सच्याउनुपर्ने भयो । माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूले सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव टेबल गर्ने एउटा प्रस्ताव थियो । त्यो हामीले छुटाउन गएछौं’ सभामुख घिमिरेले भने ।

त्यसपछि सभामुख घिमिरेले ऊर्जा मन्त्री शक्ति बस्नेतलाई सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले अनुमोदनका लागि प्रस्ताव पेस गरे ।

त्यसपछि ‘माननीय सदस्यहरू त्यो त्रुटि भएपछि अरू कुराहरू पनि सच्याउनुपर्ने हाम्रो स्थिति छ । त्यसैले म प्रक्रियालाई अगाडि बढाउँछु’ भन्दै सभामुख घिमिरेले पुनः सम्झौता अनुमोदनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । फेरि पनि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने ।

हुन्छ भन्ने पक्षका सांसदहरूको बहुमत भएपछि त्यसअनुसार सभामुख घिमिरेले बहुमतका आधारमा सम्झौता अनुमोदन भएको घोषणा गरे ।

अर्को कार्यसूचीमा प्रवेश गर्नु अगाडि सभामुखले सचिवालयका कर्मचारीहरूलाई सोधे, ‘अब चाहिं सिद्धियो होइन ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu