ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघ सुरक्षा परिषद बैठक, गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   ११ : ३५   बजे

काठकमडौं २९ जेठ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रुसले भने मतदानमा भाग लिएन ।

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । विशाल बहुमतले प्रस्ताव पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले इजरायल र हमास दुवैलाई विनासर्त युद्ध विराम गर्न अपिल गरिन् ।

आठ महिना अघिदेखि इजरायलले गाजा क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ मेमा युद्धविराम गर्न राखेको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको छ । तर लागू भएको छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पुर्‍याइसकिएको छ ।

पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरुको शव फर्काउने उल्लेख छ । इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पुर्‍याउने प्रस्ताव छ ।

दोस्रो चरणमा युद्धको स्थायी अन्त्यको चरण हुने छ । यस चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ ।

तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु हुने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu