ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिपर दुर्घटना हुँदा एकको मृत्यु


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   १ : ३३   बजे

काठकमडौं २९ जेठ । गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार राति करिब ९स्४५ बजेको समयमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका ( ७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परि टिपर चालक सन्धिखर्क नगरपालिका ८ खाँचीका २६ वर्षीय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका ७ का ३३ वर्षीय रिसभ केसी र सितगंगा नगरपालिका २ का २९ वर्षीय नविन घिमिरे घाइते हुनुभएको छ । घाइते दुवै जनालाई राती नै गुल्मी अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको थियो ।

घाइतेमध्ये केसी बोल्न नसक्ने र घिमिरे बोल्न सक्ने अवस्थामा छन् । दुर्घटना भएको टिपर सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu