ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणघाट–बुटवल सडकमा अवरोध भए एक घण्टाभित्र समाधान गर्नुपर्ने


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   १ : ३८   बजे

काठकमडौं २९ जेठ । बर्खाको समयमा नारायणघाट बुटवल सडकखण्डमा अवरोध भएमा एक घण्टाभित्र खुलाई सक्नुपर्ने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरूले सडक निर्माणसँग सम्बन्धित पक्षहरूसँग विनयी त्रिवेणी गाउँपालिकाको बर्दघाटमा छलफल गरी यस्तो निर्देशन दिएका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपुरले गत जेठ १७ गते बाटोसँग सम्बन्धित सबै पक्षलाई प्रशासनमा बोलाएर दाउन्ने लगायत बाटो अवरुद्ध हुन सक्ने सम्भावित क्षेत्रमा एक हप्ता भित्र मर्मतको काम गरिसक्न निर्देशन दिएको थियो । तर निर्देशन कार्यान्वयन नभएपछि दुवै जिल्लाले संयुक्त रूपमा छलफल गरी निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रा।लि।लाई यस्तो निर्देशन दिएका हुन् ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पहिरो जोखिमयुक्त क्षेत्र पहिचान गरी समाधानका लागि तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । ‘‘अहिले हामीलाई कति प्रतिशत भौतिक प्रगति भयो भन्ने चाहिएको होइन, विपतमा राजमार्गलाई कसरी नियमित सञ्चालन गर्ने भन्ने हो, आफूसँग भएको क्षमतालाई पूर्ण प्रयोग गर्नुस् । बर्खामा यात्रुले दुःख पाउन भएन ।’’, प्रजिअ श्रेष्ठले भन्नुभयो ।

 

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले पनि आफूहरूलाई माथिबाट बढीमा एक घण्टा भित्रमा राजमार्गको अवरोध हटाइसक्न निर्देशन भएकाले त्यही अनुसार मर्मतको काम गर्न र अवरोध भइहाले तोकिएकै समयमा हटाउन निर्देशन दिनुभयो । अन्यथा त्यसको जिम्मेवारी ठेकेदार कम्पनीले लिनु पर्ने चेतावनी पोख्रेलले दिनुभयो ।

बेस भत्काइदिने चेतावनी

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले राजमार्ग मर्मतमा ध्यान नदिने हो भने बर्खायाममा आफ्नो पालिकमा ‘ल्याण्ड लक’ हुन सक्ने खतरा रहेको आशङ्का गर्नुभएको छ ।

पानी पर्‍यो भने यहाँका बासिन्दा पूर्व–पश्चिम कतै जान नसक्ने गरी ‘ल्याण्ड लक’ हुने अवस्था छ, जसका कारण बिरामीले उपचारसमेत नपाउने अवस्था आयो भने हामी बल्लतल्ल बनाएको बेस भत्काएर त्यही माथि गाडी कुदाउन बाध्य हुनेछौंं, चेतावनी दिँदै अध्यक्ष गिरीले भन्नुभयो, , ‘‘अहिलेसम्म सम्झाई बुझाई गरेर रोकेका छौँ, एक हप्ता भित्र कालोपत्रे भएन र यहाँका जनता यतै थुनिने अवस्था आयो भने पालिकाकै मेशिन लगेर बेस खोलिदिन्छु । त्यो बेला हामीलाई कसैले रोक्न सक्दैन । त्यसको जिम्मेवारी तपाईँहरूले नै लिनुपर्छ ।’’

 

अपरेटरको जिम्मा प्रहरीलाई

दुवै जिल्लाको प्रहरीले अवरोधका बेला बाटो खुलाउने सम्पर्क व्यक्ति खोज्दा खोज्दै हैरानी खेप्नु परेको बताएको छ । नवपरासी पूर्वका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मी र पश्चिमका प्रहरी उपरीक्षक काजी कुमार आचार्य दुवैले बर्खामा बाटोले लाइफ लाइन नै बन्द हुने अवस्था आउने गरेकाले अवरोध खोल्नका लागि चाहिने प्रमुख व्यक्ति आफूहरूको सम्पर्कमा हुनुपर्ने बताउनुभयो ।

 

उहाँहरूले भन्नुभयो, ‘‘डोजर, एक्स्काभेटर, अपरेटर र क्रेनसहितको व्यक्ति हाम्रो सम्पर्कमा हुनुपर्छ, ताकि चाहिएको बेला हामीले परिचालन गर्न पाइयोस्, त्यसले गर्दा अवरोध छिटो खुल्छ, बरु उहाँहरूलाई हामी खाना खुवाएर हाम्रै ब्यारेकमा राख्छौँ ।’’

भौतिक प्रगति ५२ प्रतिशत

गत वर्ष दोस्रो पटक थपिएको म्याद जुलाई १५ अर्थात् आगामी साउन ३१ गतेसम्म हो । त्यति बेला म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पुर्‍याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो । तर थपेको म्याद सकिन अब दुई महिना मात्र बाँकी छ । र बर्खा लागेकाले यो अवधिमा अब ठुलो प्रगति हुने देखिन्न । एक वर्षमा १० प्रतिशत मात्र प्रगति भएको छ ।

निर्माण पक्ष र सडक आयोजनाले भने काम चुनौतीपूर्ण भए पनि अवरोध भइहालेमा तत्काल हटाउनका लागि प्रयास गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu