ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन- देवेन्द्र पौडेल


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   २ : ४७   बजे

काठकमडौं २९ जेठ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे ।

मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिंदै उनले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताए ।

‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र रु’ उनले प्रश्न गरे ।

शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी छन् । उनले शिक्षा विभाग र जिल्ला शिक्षा समन्वय इकाइबाट समेत राजनीतिमा आवद्ध शिक्षकहरुको विवरण र कारबाही प्रक्रियाबारे जानकारी माग गरेकी छन् ।

यो पृष्ठभूमिमा सत्ताको नेतृत्वकर्ता दल माओवादीका नेता पौडेलले त्यो आवश्यक नरहेको तर्क गरे । पौडेलले बुटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी मावि, मोरङको शुक्ला मावि, काठमाडौंको ज्ञानोदय माविको नाम लिंदै ती उत्कृष्ट सामुदायिक विद्यालयलाई अहिलेको अवस्थामा पुुर्‍याउन राजनीतिक दलमा आवद्ध शिक्षकहरुकै भूमिका रहेको आशय व्यक्त गरे ।

‘त्यो विद्यालयलाई त्यहाँ पुर्‍याउनेहरुको पृष्ठभूमि हेर्नुभयो भने अर्कै देखाउँछ । त्यसो भएर यो आरोप सही छैन’ उनले अगाडि भने, ‘शिक्षकहरुको अनावश्यक रुपमा डीएनए परीक्षण गर्दै हिंड्ने कुरा राम्रो छैन । यो ट्रेड युनियन अधिकार विपरीत हुन्छ ।’

शिक्षामन्त्री श्रेष्ठलाई तीन काम गर्न पूर्वमन्त्री पौडेलले सुझाव दिए । ‘खालि विद्यालय समयमा शिक्षकले गरेको पठनपाठनमा ध्यान दिने हो । भौतिक पूर्वाधारमा सुधार, शिक्षण सिकाइमा सुधार र कानुनमा सुधार, यी तीन कुराको सुधारमा ध्यान दियो भने विद्यालय शिक्षामा सुधार हुन्छ’, उनले भने ।

पौडेलले शिक्षकको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई खुशी बनाउन शिक्षामन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे । ‘‘अरु कुरामा बहकाउमा नलागेर शिक्षकलाई इम्पावर गर्ने, शिक्षकलाई खुसी बनाउने, शिक्षकलाई खुसी बनाएर विद्यालय पुर्‍याउने, दरबन्दी पुर्‍याउने, सिकेको छैन भने तालिम दिएर सक्षम बनाएर विद्यालय पुर्‍याउने नै मन्त्रालयको काम हो’ पौडेलले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu