ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगर बजेटमा सांसद सुझाव : वाटर एटीएमदेखि मोबाइल अस्पतालसम्म


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   ३ : ५५   बजे

काठकमडौं २९ जेठ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि ललितपर जिल्लाका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यसँग छलफल गरेको छ ।

आगामी आव ललितपुर महानगरमा सांसदहरूले जीवनयापनमैत्री बजेट बनाउन सुझाव दिएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयसमशेर राणाले मध्यम स्तरका व्यापारीलाई व्यापार–व्यवसाय गर्न सहज हुने वातावरण निर्माण गर्नेतर्फ महानगरको आगामी आवको बजेट तथा नीति कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

‘काम पाइएन भन्दै युवा पुस्ता विदेशिएको छ, त्यसलाई रोक्न विशेष कार्यक्रम ल्याउनुपर्‍यो,’ राणाले सुझाव दिए ।

अर्थतन्त्र चलायमान बनाउन पूँजीगत खर्च वृद्धि हुनुपर्ने उनले बताए । फोहोर व्यवस्थापन कथा जस्तै भएको उनले बताए । ‘उपत्यकाभित्रका १८ पालिका र संघीय सरकारसँग सहकार्य गरोस् महानगरले,’ उनले भने ।

पार्किङ नहुँदा धेरै समस्या भइरहेका कारण महानगरले बहुतले पार्किङ निर्माण गर्नुपर्ने उनले बताए । यसो गर्दा राजस्व संकलन समेत वृद्धि हुने धारणा उनले राखे ।

क्षेत्र नम्बर २ सांसद प्रेम महर्जनले वातावरण संरक्षण सँगसँगै मानव स्वास्थ्यका लागि साइकल महत्त्वपूर्ण भएको बताए । साइकल प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।

महानगरले मोबाइल अस्पताल अवधारणालाई अबको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई आगामी वर्ष बजेट र नीति तथा कार्यक्रममा समेट्नुपर्ने धारणा राखे ।

क्षेत्र नम्बर ३ का संघीय सांसद तोसिमा कार्कीले ललितपुर महानगरले खानेपानी व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट निर्माण गर्नुपर्ने धारणा राखिन् ।

उनले चोक–चोकमा ‘वाटर एटीएम’ व्यवस्था गर्ने कार्यक्रम ल्याउन अनुरोध गरिन् । वडा नम्बर ४ र २४ मा भएका खुला ढलले संक्रमण बढाउने र महामारीको रूप लिने अवस्था सिर्जना भएको भन्दै कार्कीले महानगरको ध्यान केन्द्रित हुनुपर्ने बताइन् ।

सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै गएको भन्दै उनले वडालाई नै वडाभित्र भएको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले निर्देशन दिनुपर्ने धारणा राखिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसद रोशन कार्कीले सार्वजनिक जग्गा संरक्षण कार्यक्रमलाई प्राथमिकता साथ लागु गर्नुपर्ने धारणा राखिन् ।

खानेपानी व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरले विशेष योजना अघि सार्नुपर्ने उनले बताइन् ।

विषादीयुक्त तरकारीले मानव स्वास्थ्य जोखिममा पार्दै गएको भन्दै विषादीरहित तरकारीका लागि हाट बजारको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा महानगरले महत्त्वपूर्ण काम गरेको टिप्पणी गरे ।

पूर्वाधार निर्माणमा महानगरको लगानी पर्याप्त भएको उनको भनाइ छ । ‘ती संरचना प्रयोग गर्ने जनशक्ति निर्माणका लागि पनि महानगरले लगानी गर्नुपर्छ,’ उनले भनिन् ।

महानगरवासीको दिनचर्या अव्यवस्थित सार्वजनिक यातायातका कारण प्रभावित भएको उनले बताइन् । ‘महानगरले यस विषयमा जतिसक्दो चाँडो ध्यान दिनुपर्छ,’ उनले भनिन् ।

ललितपुर क्षेत्र नम्बर ३ ‘क’ का सासंद रघुनाथ महर्जनले महानगर नागरिकको नजिकको सरकार भएको भन्दै महानगरवासीको दिनचर्या सजिलो बनाउने विषयमा केन्द्रित भएर बजेट तथा नीति कार्यक्रम ल्याउनुपर्ने बताए ।

‘खानेपानी, स्वास्थ्य, शिक्षा लगायत विषयमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘ललितपुर महानगरभित्र पानीको समस्या समाधान गर्न मेलम्चीमा आश्रित हुनु हुँदैन ’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group