ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसकारण अझै पनि भारतीय लोकतन्त्रमा आशाको सञ्चार


जायती घोष
३१ जेष्ठ २०८१, बिहिबार   ६ : १५   बजे

भारतीय लोकतन्त्रलाई मतदाताले उद्धार गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भए पनि उनको भारतीय जनता पार्टी (भाजपा) लोकसभामा साधारण बहुमतबाट समेत चुकेको छ । यसले मोदीलाई आफ्नो विधायकीय लक्ष्य पूरा गर्न अप्रत्याशित सहयोगीमा भर पर्न बाध्य बनाउनेछ । भाजपाले उत्तर प्रदेशजस्ता महŒवपूर्ण राज्यमा हार व्यहोरेको छ, जसले मोदीको चरम हिन्दू राष्ट्रवाद र विभाजनकारी एवं द्वेषी भाष्यप्रति आममतदाताको असन्तुष्टिको संकेत गर्छ ।

यो परिवर्तनलाई उपेक्षा गर्न सकिँदैन । अलोकतान्त्रिक अभ्यासद्वारा सत्तामा भाजपाको लामो समयदेखिको पकड अहिले डगमगाएको छ । अन्य सबै पार्टीका तुलनामा तीन गुणा सम्पत्ति रहेको भाजपाले ठूलो मात्रामा अपारदर्शी इलेक्टोरल बन्ड (पछि सर्वोच्च अदालतले असंवैधानिक करार गरेको) मार्फत संस्थागत भ्रष्टाचार गरेको थियो । यसबाहेक भाजपाले विपक्षीलाई दबाउन, तिनका बैंक खाता फ्रिज गर्न, असन्तुष्टलाई मौन पार्न र जबर्जस्ती दलबदल गराउन स्वतन्त्र कानुन–प्रवर्तन एजेन्सीको दुरुपयोग गरेको थियो ।

सरकारी आधिकारिक तथ्यांकमा समेत राजनीतिक छेडखानी भएको थियो ।यसबाहेक भारतका प्रमुख सञ्चारगृहले भाजपासँग सहकार्य गरे । यिनले मोदीको व्यक्तित्वलाई बलियो बनाए । स्वतन्त्र पत्रकारले धम्की र प्रताडना सामना गर्नुपरेको वेला सरकारसँग मिलेर मिडियाले भाजपाको पक्षमा गलत सूचना फैलायो र राजनीतिक विकल्पलाई सीमान्तकृत बनायो । चुनाव स्वतन्त्र र निष्पक्ष नभए पनि यसले धेरै पाठ सिकाउँछ । यसले देशभित्र र बाहिर भाष्यलाई नियन्त्रण गर्ने सरकारको क्षमता स्पष्ट रूपमा घट्दै गएको देखाएको छ ।

गठबन्धन सरकारले स्थिरतामा चुनौती खडा गर्न सक्ने भए पनि विविध मत अंगीकार गरी लोकतन्त्र र समावेशितालाई प्रोत्साहन गर्न सक्छ

भाजपाकालमा मुलुकको आर्थिक सफलताको व्यापक चर्चाका बाबजुद भारतको कथित समृद्धिले केही मुठीभर मानिसलाई मात्र समृद्ध बनाएको छ । अधिकांशले घट्दै गएको रोजगारीका अवसर, घट्दै गएको ज्याला र अत्यावश्यक वस्तुको बढ्दो लागतको सामना गरिरहेका छन् । विभाजनकारी भाष्यको प्रयोग गरेर विषयान्तर गर्ने प्रयासका बाबजुद विभिन्न सर्वेक्षणले उल्लिखित विषयमा मतदाता र हालैका समयमा अगुवा व्यवसायीले चिन्ता व्यक्त गरेको संकेत गर्छ ।

भाजपाको विभाजनकारी रणनीतिले आफ्नो सीमितता देखाउँदै छ । चुनावी अभियानको दौरान मोदी र उनको पार्टीले हिन्दूको भय र पूर्वाग्रहलाई उत्तेजित पार्ने प्रयास गरेका थिए । मोदीले मुसलमान समुदायलाई तारो बनाउँदै विपक्षी पार्टीले हिन्दूको सम्पत्ति जफत गर्ने र त्यसलाई ‘घुसपैठिया’ र ‘धेरै बच्चा हुनेलाई बाँड्नेछ’ भनेका थिए । विभाजनकारी भाषण गरिएका धेरैजसो निर्वाचन क्षेत्रमा जनताले भाजपाविरुद्ध मत दिएका छन् । हुँदाहुँदा पार्टीले अयोध्या पनि गुमायो, जहाँ सन् १९९२ मा हिन्दू उग्रवादीले भत्काएको मस्जिदको ठाउँमा हालै भगवान् रामको ठूलो मन्दिर बनाइएको थियो ।

चुनावी विजयका बाबजुद मोदीको कुनै समयको अजेय छवि ध्वस्त भएको छ । भारतको सेवाका लागि भगवान्ले आफूलाई चुनेको भन्ने मोदीको मसिहा छवि कमजोर भएको छ । उनको गढ वाराणसीमा पनि उनको जितको अन्तर निकै कम भयो । पहिले भाजपाले टेलिभिजन, रेडियो र प्रिन्टजस्ता परम्परागत मिडिया च्यानलमा नियन्त्रण राखेको थियो र यसको आइटी सेलले व्यापक ह्वाट्सएप नेटवर्क र अनलाइन ट्रोल सेनामार्फत सामाजिक सञ्जालमा प्रभुत्व जमाएको थियो । यद्यपि, यी प्रयासका बाबजुद स्वतन्त्र मिडिया र प्रभावशाली ब्लगर एवं युट्युबर्सका उत्साहित एवं आलोचनात्मक मतले डिजिटल मञ्चमा राम्रै आकर्षण प्राप्त गरेको थियो । केही वर्षयता मोदी सरकारले डिजिटल मञ्चलाई समाचार सामग्री सेन्सर गर्न दबाब दिँदै कडा डिजिटल मिडिया नियमसमेत प्रस्ताव गरेको थियो । यद्यपि भाजपाले आफ्नो बहुमत गुमाएपछि अनलाइन आलोचनालाई दबाउन सक्ने क्षमता क्षीण हुनेछ ।

निर्वाचनको नतिजाले व्यापक असर पार्नेछ । भाजपा अब गठबन्धन साझेदारमा निर्भर भएपछि मोदी र अमित शाहले वार्ता र सम्झौता गर्नैपर्ने हुन्छ । यसबाहेक सत्तारुढ एनडिए गठबन्धनका अन्य दलसँग भाजपाको लेनदेनको सम्बन्ध विगतका विश्वासघातका कारण कमजोर छ । अब एनडिएका साझेदार क्षेत्रीय दलमा निर्भर मोदीले आफ्नो शक्तिलाई एकतृत गर्ने प्रयासलाई सम्भावित रूपमा सीमित गर्दै साझेदार दलको चासोलाई सम्बोधन गर्नुपर्ने हुन सक्छ । यसले वास्तविक सहकारी संघीयताको संकेत गर्न सक्छ ।

गठबन्धन सरकार अर्थतन्त्रका लागि स्वाभाविक रूपमा हानिकारक हुन्छन् भन्ने धारणालाई भारतको आर्थिक विगतले पुष्टि गर्दैन । गठबन्धन सरकारले स्थिरतामा चुनौती खडा गर्ने सम्भावना भए पनि गठबन्धनले विविध मत अंगीकार गरेर लोकतान्त्रिक र समावेशी वातावरणलाई प्रोत्साहन गर्न सक्छ । अर्थात्, एकमना सरकारमा यसको ठीक विपरीत हुने गर्छ । केन्द्रीकृत शासन चलाउन खोजेका र कुनै राजनीतिक एवं प्रादेशिक सरकारको सल्लाह नलिएका मोदीको सन् २०१६ को डिमोनेटाइजेसन वा कोभिड–१९ लकडाउनजस्ता अधिनायकवादी कामले महत्वपूर्ण त्रुटि निम्त्याएको थियो ।

भाजपाबाट प्रभावित संस्थाले पुनः स्वायत्तता प्राप्त गर्न सक्छन् र कानुन प्रवर्तन, कर प्राधिकरण, न्यायपालिका र मूलधारका मिडियालगायतले आफ्नो भूमिका पूरा गर्न सक्छन् । यो परिवर्तनले सरकारलाई प्रोपगन्डा र विभाजनलाई बढावा दिनुको सट्टा भारतको वास्तविक आर्थिक र सामाजिक मुद्दाको सामना गर्न प्रेरित गर्न सक्छ । यति भन्दै गर्दा भारतको लोकतन्त्रले अझै पनि चुनौतीको सामना गर्नेछ ।

भाजपाले फैलाएको धार्मिक वैमनस्य उन्मूलन हुन निकै समय लाग्नेछ । मोदीको अधिनायकवादी रणनीतिले कलंकित संस्थाले पूर्ण स्वायत्तता पुनः प्राप्त गर्न संघर्ष गर्न सक्छन् । कानुनी र प्रशासनिक प्रक्रियाको दुरुपयोग मोदीको घट्दो अख्तियारीबीचमा पनि जारी रहन सक्छ । तथापि, असरल्ल भए पनि भारतीय राजनीति फेरि प्रतिस्पर्धात्मक बनेको छ । यो करोडौँ भारतीयका लागि राहतको विषय हो ।

(घोष मासाचुसेट्स विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group