ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठमा थपियो तारे होटल, लेमन ट्री प्रिमियरले पायो पाँचतारे मान्यता


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   १२ : ०७   बजे

काठमाडौं ३१ जेठ । बूढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बूढानीलकण्ठले पाँच तारे होटेलको मान्यता पाएको छ।

पर्यटन विभागले पाँच तारेको मापदण्ड पूरा गरेकाले होटललाई पाँच तारेको मान्यता दिएको हो। होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो। चार वर्षदेखि निर्माणाधीन यो होटलको कुल लागत २ अर्ब ६० करोड रहेको छ। लेमन ट्री भारतीय प्रसिद्ध ब्रान्ड हो। यसका विश्वका ८० देशमा १५० भन्दा बढी होटल छन्।

 

२ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको होटलका प्रबन्धसञ्चालक बाबुकाजी कार्कीले बताए।

१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। होटलमा ५७ वटा ट्विन्स कोठा, ३३ वटा किङ कोठा, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। यी रुममा कुल १९० बेड छन्।

त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसल रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३१४ वर्गमिटर गरी २ वटा बैंक्वेट हल छन्।

त्यसैगरी केही समयभित्र १८ हजार वर्गफिटको क्यासिनो हल पनि निर्माण भइरहेको जनाएको छ।

होटल सञ्चालकमा प्रबन्धसञ्चालक बाबुकाज कार्कीसहित अध्यक्षमा डा। राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, सीए नवराज बुर्लाकोटी, सीए दीपक पाण्डे, जनक भट्ट, दीपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu