ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   २ : ४१   बजे

काठमाडौं ३२ जेठ । कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ ।

“कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ’’, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो ।

“जसले कुवेतका अधिकारीहरूसँग समन्वय गरेर छिटो स्वदेश फिर्ता सुनिश्चित गर्नुभएको भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंह पनि सोही विमानमा सवार हुनुहुन्छ’’, विज्ञप्तिमा भनिएको छ।

आगलागीमा ज्यान गुमाउने ४५ जना भारतीयमध्ये २३ जना केरलाका बासिन्दा थिए । यस घटनाले कुवेत र भारत दुवै समुदायमा शोकको लहर निम्त्याएको छ ।

आगलागीमा तमिलनाडुबाट ७ जना, आन्ध्र प्रदेशबाट ३, बिहार, ओडिशा, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, झारखण्ड, हरियाणा, पञ्जाब र पश्चिम बङ्गालबाट १–१ जना साथै केरलाका २३ जना भारतीय नागरिकले ज्यान गुमाएका छन् ।

कुवेतका अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन र प्रभावित परिवारलाई सहयोग गर्न अथक प्रयास गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग गर्ने आश्वासन व्यक्त गर्नुभएको छ ।

भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले जुन १३ मा कुवेतको अस्पताल भ्रमण गर्नुभएको थियो जहाँ उहाँले मङ्गाफमा दुरुखद आगलागीको घटनापछि उपचार गराइरहेका भारतीय नागरिकहरूसँग कुराकानी गर्नुभयो ।

उहाँको भ्रमणले विदेशमा रहेका आफ्ना नागरिकहरूको कल्याण सुनिश्चित गर्ने भारतको प्रतिबद्धतालाई जोड दिन्छ र सङ्कटको समयमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई प्रकाश पार्छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group