ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वृद्ध भत्ताको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   ५ : ०६   बजे

काठमाडौं ३२ जेठ । मोरङको रतुवामाई नगरपालिका वडा नं। ६ का वडाध्यक्ष तुलाराम लुइटेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्ष लुइटेल लगायत विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारल रतुवामाई नगरपालिका वडा नं। ६ का तत्कालीन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र सोही कार्यालयका तत्कालीन नासु रमेश कोइराला, रतुवामाई नगरपालिका वडा नं। ६ का मेगदिप पोखरेल, तारा देवी पोखरेल र भक्त कुमारी लुईटेलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

वडा कार्यालयबाट वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तामा विवरण किर्ते गरी, सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ।

अख्तियारका अनुसार सामाजिक सुरक्षा ९जेष्ठ नागरिक० भत्ता प्रदान गर्दा वडाध्यक्षसमेतको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गरीरगराई सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको पाइएको छ।

यस्तै, नागरिकतामा भएको साविकको जन्म मितिमा फेरबदल गरी सामाजिक सुरक्षा ९जेष्ठ नागरिक० भत्ता प्राप्त गर्न उमेर नै नपुगेका व्यक्तिलाई भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराउनको निमित्त नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्म मितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरीरगराई सिफारिस गरेको अख्तियारको ठहर छ।

साथै ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्नको निमित्त पेश भएको अनुसूचीको विवरण एकिन नगरी प्रथम प्रतिलिपिका लागि विवरण रहेको कार्यालयबाट विवरण माग तथा रुजु समेत नगरी जन्म मिति फरक पारी प्रतिलिपि नागरिकता जारी गरिदिई बदनियतपूर्ण ढंगले गलत लिखत तयार गर्ने कार्य गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group