ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०८३ चैतसम्म द्रुतमार्गबाट मोटर गुड्छन्-रक्षामन्त्री


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   ५ : १२   बजे

काठमाडौं ३२ जेठ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले २०८३ चैतसम्म काठमाडौं–तराईरमधेस द्रुतमार्गबाट मोटर गुड्ने दाबी गरेका छन्। मन्त्रालयका सम्हालेको एक सय दिन पुगेको अवसरमा शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे फैलाइएका भ्रम टुट्ने समेत दाबी गरे।

‘हामी केही ढिला भएको होला तर विशेष व्यवस्थापन भएको छ, अब द्रुत गतिमा अघि बढेको छ,’ उनले भने, ‘यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ । मेरो संसदीय कालभित्र म त्यो बाटोबाट गाडी चढेर घर जाने आशामा छु र प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’

द्रुतमार्ग सम्पन्न हुने समयबारे हल्ला फैलाइएको भन्दै मन्त्री उप्रेतीले भने, ‘उहाँले भन्नुभयो, ‘बजारमा विभिन्न हल्ला चलेका छन् । आफ्नो व्यक्तिगत कुण्ठाहरु, व्यक्तिगत इच्छा, आकंक्षाहरु नपुगेका कारण विभिन्न किसिमका हल्लाहरु फिँजाइएका छन्।’

 

आफूले मन्त्रालय सम्हालेपछिका सय दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री उप्रेतीले चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समय देखि प्रयोगविहीन अवस्थामा रहेका ९५वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं(तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको र नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गरे।

 

त्यस्तै देशका विभिन्न ४२ स्थानबाट सुत्केरी र घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको, कोभिड(१९ को समयमा भारत सरकारबाट सहयोग स्वरुप प्राप्त भएका ६ वटा एम्बुलेन्सहरू सञ्चालनमा ल्याइएको, रक्षा मन्त्रालयमा सुरक्षा र प्रतिरक्षा सम्बन्धी पुस्तकरदस्तावेजहरूको संकलन तथा वाचनालयको सुविधासहित पुस्तकालयको स्थापना गरी सञ्चालनमा ल्याइएको जनाएको लगायतका विषय पनि उनले सय दिनका उपलब्धीमा राखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu