ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   ५ : १९   बजे

काठमाडौं ३२ जेठ । बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन्। अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ एयरलाइन्स एयर अस्त्र र ड्रुक एयरले सरकारसँग प्रस्ताव गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले अनौपचारिक प्रस्ताव आएको बताइन्।  ‘नेपालमा भएका जीएसए र कम्पनीका प्रतिनिधिले अनौपचारिक प्रस्ताव पठाएका छन्’, हवाइ उडान महाशाखाकी प्रमुख समेत रहेकी घिमिरेले भनिन्, ‘पोखरा विमानस्थलमा उडान गर्न उहाँहरु इच्छुक हुनुहुन्छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पूरा हुँदा एउटा पनि नियमित उडान हुनसकेको छैन। चिनियाँ सहुलियतपूर्ण ऋण सहयोगमा बनेको विमानस्थल सञ्चालन गर्न नसकेकोमा सरकारको आलोचना भइरहेको छ।

बंगलादेश र भुटानबाट पोखरा नियमित उडान भएमा अन्य देशका एयरलाइन्सहरूबाट पनि प्रस्ताव आउनसक्ने देखिएको छ। यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएमा सरकारले भारतसँग पनि प्रवेश मार्ग र उडान अनुमतिका लागि थप छलफल गर्न सक्ने उड्डयन क्षेत्रका अधिकारीहरू बताउँछन्।

पोखरामा ठूला जहाज उडानमा प्राविधिक समस्या हुनसक्ने भए पनि एयरबस ३१९ जहाज नियमित उडानमा समस्या छैन। भुटान, चीनबाट चार्टर्ड उडान भइसकेका छन्। नियमित उडानको लागि २ प्रस्ताव आए पनि सरकारले निर्णय गरिसकेको छैन।

‘पोखरा उडानको लागि बंगलादेश र भुटानको एयरलाइन्सले चासो राखेका छन्’, उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘उनीहरुको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयमा विचाराधीन छ।’

नेपालमा भुटान र बंगलादेशबाट नियमित उडान भइरहेका छन्। विमान बंगलादेश र नेपालकै हिमालय एयरलाइन्सले बंगलादेशमा नियमित उडान गर्दै आएका छन्। त्रिभुवन विमानस्थलबाट उक्त उडान हुँदै आएको छ।

अहिले बंगलादेशको निजी वायुसेवा कम्पनी एयर अस्त्रले नेपालको पोखरामा उडानको प्रस्ताव गरेको हो। कम्पनीले बंगलादेशमा एटीआर जहाजमार्फत उडान गर्दै आएको छ।

‘एयर अस्त्रले ढाका–पोखरा–ढाका हप्ताको ४ वटा उडानको प्रस्ताव गरेको छ’, उडान अनुमति शाखाका प्रमुख भुलले भने, ‘बंगलादेशबाट उडान अनुमति पाएको पत्र हामीलाई पठाएको छ।’

उक्त पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ भने कर छुटसहित सहुलियतको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ।

ढाका–पोखरा–ढाका उडानको लागि नेपाल सरकारले छुट दिए नियमित उडान गर्ने कम्पनीको प्रतिबद्धता छ।

काठमाडौं उडान गरिरहेको ड्रुक पोखरा उडानमा इच्छुक
हाल भुटानको २ वटा एयरलाइन्सले काठमाडौंमा उडान गरिरहेका छन्। ड्रुक एयरले एटीआर र एयरबस ३१९ बाट काठमाडौंमा उडान गर्दै आएको छ। त्यसबाहेक भुटान एयरले एयरबस ३१९ बाटै उडान गरिरहेको छ।

भुटान सिभिल एभिएसन अथोरिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पोखरा र भैरहवामा उडानको प्रस्ताव गरेको थियो। पोखरा उडानको लागि भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी ड्रुकले प्रस्ताव गरेको छ।

गत वर्ष भदौ २३ गते ड्रुक एयरको जहाजले पोखरामा चार्टर्ड उडान गरेको थियो। उक्त कम्पनीले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्दै आएको छ।

त्रिभुवन विमानस्थलमा नियमित उडान गर्दै आएको कम्पनीले पोखरा उडान गर्न हवाइ सेवा सम्झौता पुनरवलोकन गर्नुपर्ने देखिएको छ। भुटानसँग नेपालले २ दशकअघि हवाइ सम्झौता गरेको थियो।

नियमित उडानको लागि हवाइ सेवा सम्झौतामा केही विषय पुनरवलोकन गरी काठमाडौंबाहिर उडान गर्न सकिने व्यवस्था गर्नुपर्छ।

‘हवाइ सेवा सम्झौतामा तत्काल पुनरवलोकन भए राम्रो हो’, भुलले भने, ‘अस्थायी स्वीकृति ९टीओपी०को आधारमा ड्रुकलाई पोखरा उडानको लागि अनुमति दिन सक्छौँ।’

पोखरा पर्यटकीय राजधानी भए पनि अन्तर्राष्ट्रिय उडान भएका छैनन्। विदेशी पर्यटक काठमाडौं आई पोखरा जाने गरेका छन्। पोखरामा नयाँ उडान भएकाले बंगलादेश र भुटानका वायुसेवा कम्पनीले करछुट माग गरेका छन्।

‘व्यावसायिक रुपमा राम्रो नहुँदासम्म कर छुट माग गरेका छन्। कर छुट दिने वा नदिने कति दिने भन्ने विषयमा अर्थ मन्त्रालयले निर्णय गर्नुपर्छ,’ भुल भन्छन्, ‘दुवै देशबाट प्रस्ताव आएको छ, अहिले प्रक्रियामै छ। प्रस्ताव स्वीकृत भइसकेको छैन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group