ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुरे तराई–मधेसको जीवनरेखा हो : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
२ असार २०८१, आइतबार   ४ : ०८   बजे

काठमाडौं २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डल’ले चुरे तराई–मधेसका लागि जीवनरेखाको रुपमा रहेको बताउनुभएको छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ दसौं चुरे संरक्षण दिवसको अवसरमा मिर्चैैया नगरपालिका –७ लक्ष्मी सामुदायिक वनमा आयोजित बृहत् वृक्षरोपण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

‘चुरेबाट अवैध रुपमा निकासी भइरहेको ढुङ्गा गिटी बालुवा रोक्न, चरिचरन रोक्न र बन जङगलमा लाग्ने डढेलो रोक्न आवश्यक ऐन कानुन बनाउन जरुरी छ । वातावरणीय अध्ययनले दिएको प्रतिवेदनअनुसार मात्र गिटी ढुङ्गा अब निकाल्न पाउने कानुन बनाउन सरकार गृहकार्यमा लागेको छ’ उहाँले भन्नुभयो ।

तराई मधेशको उर्वरा शक्ति कायम राख्न खानेपानीका लागि देखिएका जोखिम हटाउन १० हजार हेक्टर खाली जग्गामा वृक्षरोपण अभियान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय मञ्चमा समेत जलवायु संरक्षणको लागि बढ्दो तापक्रम नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा पहल गर्न पर्वतीय देशको सम्मेलन निकट भविष्यमा नै हुनेछ ।’

सुनकोशी कमला मरिन डाइभर्सन १३ किलोमिटर निर्माण कार्यको ब्रेक थ्रु भैसकेको प्रधानमन्त्री दाहालले भन्दै यस परियोजनाबाट सिरहा सप्तरी र धनुषा जिल्लामा सिँचाइ हुने र चुरेका लागि समेत पानी रिचार्ज हने कार्य अघि बढिसकको बताउनुभयो ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले राष्ट्रपति तराई मधेश संरक्षण समितिले १० वर्षमा पाँच लाख १५ हजार ९४१ विरुवा रोपिएको तथ्याङक रहेको भन्दै रोपिएका बिरुवाहरु हुर्किए कि हुर्किएनन् त्यसतर्फ ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बालुवा र पत्रे चटानबाट बनेको चुरेको कमलो बनावटका कारण यसको संरक्षण गर्न तीनै तहको सरकारको साझा अभियान बनाएर अघि बढ्न जरुरी छ ।’ कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साहले तराई–मधेशको विकासका लागि चुरे संरक्षण आवश्यक रहेकाले यसको संरक्षणका लागि मन्त्रालयले सतहमा नै देखिनेगरी कार्यक्रम ल्याउन लागेको विश्वास व्यक्त गर्नुभयो ।

चुरे क्षेत्रमा नरहेको रुपमा विस्तार गर्न आवश्यक रहेको मधेश प्रदेशको मुख्यमन्त्री सतिसकुमार सिंहले भन्दै यस वर्षको बजेटमा बाटोघाटो र नयाँ निर्माण हुने सडकको छेउमा वृक्षरोपण गर्न प्रदेश सरकारले कार्यक्रम समेटिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सिराहा –३ र ४ का सङ्घीय सांसदहरु क्रमशः लीलानाथ श्रेष्ठ र वीरेन्द्रकुमार महतोले सिरहामा चुरे संरक्षणका लागि विशेष प्याकेज र ६ लेनको निर्माण भइरहेको राष्ट्रिय लोकमार्गको कार्यमा ढिलाइ हुँदा वर्षमा हिलो र सुख्खा समयमा धुलोको समस्या समाधान गर्न प्रधनमन्त्रीको ध्यान आकर्षण गराउनुभयो ।

सिरहामा ९।०२ प्रतिशत वन विनाश भएको वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्द शर्माले जानकारी गराउँदै समयमा चुरेलाई हराभरा बालुवा गिटी निकाल्ने कार्य रोक्न सकिएन भने खानेपानी र कृषिको क्षेत्रमा ठूलो सङ्कट आउने बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री भरत साह, पर्यटन तथा उद्योगमन्त्री युवराज भट्टराई, वनमन्त्री त्रिभुवन साह, मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादव र सिराहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतोलगायतका उपस्थिति थियो । वृक्षरोपण कार्यको व्यवस्थापन वन तथा पर्यावरण सुरक्षा गण रानीवास सिन्धुलीले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group