ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस सांसदद्वारा प्रदेश सभा बैठक अवरुद्ध


एबीसी न्यूज
६ असार २०८१, बिहिबार   ४ : ११   बजे

काठमाडौं ६ असार । बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

आगामी आवको बजेटमाथि छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक झण्डै दुई घण्टा ढिलो गरी सुरु भएर स्थगित भएको हो । कांग्रेसले सरकारको बजेट र योजनामा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रणाली उल्लङ्घन गरी बजेट ल्याएको भन्दै बजेटको बिरोध गरेको छ ।

प्रदेश सभाको बैठक सुरु भएलगत्तै काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको तारतम्य नमिलेको बताउँदै बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेट आर्थिक अनियमिततालाई प्रश्रय दिनेगरी छलकपट गरेर ल्याएको बताउँदै पहिले आफूहरुलाई पेनड्राइभमा दिएको बजेटको कार्यक्रमको विवरण र अहिले प्राप्त बजेट कार्यक्रम पुस्तिकामा फरक आएको बताउनुभयो ।

सुशासन प्रत्याभूति गर्नुपर्ने र नियमन गर्ने मन्त्रालयले मिचेर बजेट ल्याएको छ उहाँले भन्नुभयो, “यस्तो बजेटको बारेमा छलफल हुन सक्दैन ।” उहाँले बजेट पुनर्लेखन नभएसम्म छलफल अगाडि नबढ्ने बताएपछि कांग्रेसका प्रदेश सभा सदस्यहरु सभामुख अगाडिको रोष्टमनजिक पुगेर घेराउ र नाराबाजी गरेका थिए ।

सभामुख भुवनकुमार पाठकले प्रदेश सभा सदस्यलाई आ–आफ्नो ठाउँमा बस्न पटक–पटक आग्रह गरे पनि नमानेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group