ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले प्रचण्डलाई भने- म ढाँट्न जान्दिनँ, एमालेसँग सहमति भइसक्यो


एबीसी न्यूज
१८ असार २०८१, मंगलबार   २ : २२   बजे

काठमाडौं १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेताहरूसँग यसबारे चासो राखेका छन्।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा देउवासँग भएको सहमति के होरु भनेर सोधेका थिए।

जबाफमा ओलीले देउवासँग ठ्याक्कै सहमति नै भइनसकेको बताएका थिए। ओलीसँग भेटेपछि बसेको पार्टीको पदाधिकारी बैठकमा प्रचण्डले यसबारेमा ब्रिफिङ गरेका थिए।

‘केपीजीले शेरबहादुरजी, तपाईं र मेराबीचमा राष्ट्रिय सहमति गर्ने कुरा भएको छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने,‘हामी तीन जनाको बैठक बस्ने कुरा भएको छ।’

तर ओलीको कुरामा कुनै भरोसा नभएको प्रचण्डले बताएका थिए।

‘बिहान चार घण्टा बसेर सबै कुरा मिलाएर निस्किनुभएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘मध्यरातमा देउवासँग सहमति नै गरिसक्नुभएछ। हामीमाथि ठूलो घात भयो।’

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर पछिल्लो घटनाक्रमका बारेमा बुझेका थिए।

जबाफमा देउवाले एमालेलाई प्रधानमन्त्री दिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको बताए।

‘मैले ढाँट्न जान्दिनँ। एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ,’ देउवाको जबाफ उद्धृत गर्दै प्रचण्डले भने, ‘अब तपाईंसँग छलफल गर्ने विषय छैन।’

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो।

उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने निर्णय भएको छ। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group