ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्जना जोशीलाई कौसी क्वीनको उपाधि


abc tv
१८ असार २०८१, मंगलबार   ४ : २५   बजे

काठमाडौँ । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि कौसी किसान अन्जना जोशीले पाएकी छन् ।

सोमबार बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उनलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिर्याएकी थिइन् ।

यस वर्षको कौसी क्वीनको ‘फस्ट रनर अप’ गङ्गादेवी तिमल्सिना, ‘सेकेन्ड रनर अप’ कमला घिमिरे र ‘थर्ड रनर अप’ कमलमाया श्रेष्ठ भए ।

उनीहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो ।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group