ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   १ : २५   बजे

काठमाडौं १९ असार । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच छलफल भएको छ ।

केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह र एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच छलफल भएको छ ।

केन्द्रमा भएको दुई दलका शीर्ष नेताबिचको सहमति अनुसार प्रदेशमा पनि नयाँ सरकार गठनका लागि छलफल भएको निवर्तमान मन्त्री एवम् कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिने गरी सरकार गठन गर्ने विषयमा दुवै नेताबिच छलफल भएको बताउनुभयो ।

छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको प्रदेश सभा सदस्य देउवाको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेसमेतको सहभागिता रहेको नेकपा ९एकीकृत समाजवादी० का दीर्घबहादुर सोडारी नेतृत्वमा चार दल सम्मिलित सरकार छ । कांग्रेस, एमालेको संसदीय दलका नेताको छलफलले मुख्यमन्त्रीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिने निर्णय गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ । कांग्रेसका १८ र एमालेका ११ गरी दुई पार्टीका प्रदेश सभा सदस्य सङ्ख्या २९ पुग्ने गरेको छ । जुन बहुमतभन्दा बढी हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group