ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले देश बनाउने विश्वासमा गलत कुरा पनि मानें, आज सत्य बोल्दा कारबाही भयो-मुकुल ढकाल


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   १२ : ३१   बजे

काठमाडौं २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही भएको बताएका छन् ।

अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा बुधबारको रास्वपाको केन्द्रीय समिति बैठकपछि मुकुललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ’, मुकुलले सामाजिक सञ्जालमा लेखेका छन् ।

पद गौण हो र जनताका कुरा बोलिदिंदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफूले बोल्दा कारबाही भोग्नुपरेको उनको भनाइ छ ।

 

उनले लेखेका छन्, ‘जनताको पक्षमा बोल्नुपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।’

सभापति रवि लामिछानेले देश बनाउने विश्वासमा उनले गरेका कतिपय कुरा गलत लाग्दालाग्दै पनि मानिदिएको र केही कुरा पार्टीमा लागू गरिदिएको पनि मुकुलले लेखेका छन् ।

‘दुई वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ’ मुकुलले लेखेका छन्, ‘कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो भन्ने कुरा आज ९बुधबार०को बैठकले छर्लङ्ग पारेको छ ।’

सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग सरकारमा जाने सहमति गरेर आइसकेपछि रविले देश बनाउने विश्वासमा उनलाई साथ दिए पनि सरकारमा पुगेपछिका कुराहरुका कारण शंका उब्जिन थालेको ढकालले लेखेका छन् ।

‘सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने त्यही बोलिदिएँ’ मुकुलले लेखेका छन्, ‘सोचें कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनुपर्छ । मैले सोचें, नेता होइन, राजनेता बनाउनुपर्छ ।’

सरकारमा हुँदा प्रतिवेदनहरु लुकाएको देखेर मिडियाबाजी गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group