ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार

माधव नेपाल अध्यक्षमा सर्वसम्मत, केन्द्रीय कमिटीको सङ्ख्या बढाउने तयारी


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   १ : ५३   बजे

काठमाडौं २० असार । नेकपा एकीकृत समाजवादी को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।

‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’

यसअघि नेता घनश्याम भुसालले अध्यक्षमा दावेदारी गर्दै आएका थिए । तर छलफलका क्रममा उनले सहमतिमा आउने संकेत गरेसँगै नेपाल अध्यक्षमा सुरक्षित भएका हुन् । भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको एक नेताले बताए ।

ती नेताका अनुसार हाल २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्थामा थप सय जना केन्द्रीय सदस्य थपेर भए पनि सहमतिमै नयाँ केन्द्रीय कमिटी चयन गर्ने तयारी भइरहेको छ ।

यदि त्यसमा सहमति नजुटे पदाधिकारी बाहेकमा निर्वाचन गर्ने र महाधिवेशन सक्ने तयारी समेत भइरहेको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा चौथो दिन विभिन्न प्रतिवेदनहरू पारित भइसकेका छन् ।

यसैबिच नेता माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेताहरूबिचको छलफलपछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको नेता नेपालको भनाइ छ । ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन’, नेपालको भनाइ छ ।

नेपालले यो महाधिवेशन पार्टीको पहिलो महाधिवेशन भएकाले अध्यक्षमा आफू दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने दाबी गरे

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group