ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत लिने प्रचण्डको अडान, ओलीलाई रोक्ने रणनीति


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   ४ : १९   बजे

काठमाडौं २० असार । समर्थन फिर्ता लिँदै नेकपा एमाले बुधबार सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेका छन्। कांग्रेस–एमालेको नयाँ गठबन्धन समर्थित अन्य सत्तारुढ दलले पनि सरकारबाट हट्ने बताइरहेका छन्।

तर पनि प्रधानमन्त्री प्रचण्ड तत्काल पदबाट राजीनामा नदिने र संविधानले दिएको अधिकार प्रयोग गर्दै प्रतिनिधि सभामा विश्वासको मत ‘फेस’ गर्ने अडान लिइरहेका छन्।

आजै बिहीबार बिहान मात्र राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले राजीनामा नगरिदिनुहोस्, म सदनको फेस गर्छु।’

 

आखिर यसरी अल्पमतमा परिसक्दा पनि प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनेर किन जिकिर गरिरहेका छन्रु

त्यसो त संविधानमा सरकारमा सहभागी कुनै पनि दलले आफूलाई दिएको समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

तर पदको आयु ३० दिन बढाए पनि अन्ततः संसद्‌बाट बहुमत नपाउने र लज्जित हुनुपर्ने लगभग पक्का छ। प्रधानमन्त्री यही दिनको पर्खाइमा बसेका हुन् तरु निश्चित रूपमा होइन। यसको भित्री कारण अर्कै छ।

जानकारहरूका अनुसार खासमा प्रधानमन्त्री प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने रणनीतिमा छन्।

सोमबार मध्यराति एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार पहिलो कार्यकाल ओली प्रधानमन्त्री हुँदै छन्। अतः प्रधानमन्त्रीले अहिले नै राजीनामा दिएमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् र कांग्रेस–एमाले गठबन्धनबाट सोझै ओली प्रधानमन्त्री हुनेछन्।

तर धारा ७६ को उपधारा २ अनुसारै प्रधानमन्त्री बनेका प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिँदा उनले बहुमत नपाएमा राष्ट्रपतिले फेरि सोही धाराको उपधाराअनुसार सरकार गठन आह्वान गर्न मिल्छ कि मिल्दैन भन्नेमा विवाद छ।

किनकि संविधानमा धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके राष्ट्रपतिले संसद्‌को सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था धारा ७६ को उपधारा ३ मा छ।

जसअनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर पाउनेछन् भने ओली रोकिनेछन्।

सोही कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित हुँदाहुँदै पनि संसद्‌को ‘फेस’ गर्ने जिद्दी लिइरहेको देखिन्छ।

बहुमत नपुग्ने भए पनि रास्वपाका मन्त्रीहरूलाई विश्वासको मत लिने दिनसम्म राजीनामा नदिन आग्रह गर्नुको कारणचाहिँ उनले आफ्ना पक्षमा लज्जानक मत नदेखियोस् भन्ने हुनसक्छ भने रास्वपाले त्यसमा सहमति जनाउन आफूलाई प्रचण्डका पक्षमा देखाउन पनि हुनसक्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group