ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले २ दिनमै गर्‍यो ५८ अर्ब खर्च, अनिवार्य दायित्व र काटिएका बिलको भुक्तानी नरोकिने


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   १२ : १२   बजे

काठमाडौं २५ असार । सरकारले २ दिनमा ५८ अर्ब रुपैयाँ खर्च गरेको छ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार भुक्तानीको अन्तिम २ दिनमै करिब ५८ अर्ब रुपैयाँ खर्च गरेको हो।

आइतबार सरकारले २४ अर्ब २७ करोड खर्च गरेकोमा सोमबार ३३ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ।  सरकारले पछिल्ला २ सबैभन्दा बढी साँवा ब्याज तिर्नको लागि खर्च गरेको छ। आइतबार १२ अर्ब ५१ करोड वित्तीय व्यवस्थाको लागि खर्च हुँदा चालू खर्चको लागि ८ अर्ब र पुँजीगत खर्चको लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ।

सोमबार भने पुँजीगत खर्च गरेको छ। सोमबार १४ अर्ब रुपैयाँ पुँजीगत खर्च हुँदा चालू खर्च ९ अर्ब ८५ करोड र वित्तीय व्यवस्थाका लागि ९ अर्ब ३५ करोड खर्च गरेको छ।

वित्तीय व्यवस्थापन नियमावलीअनुसार एक साताअघि नै भुक्तानी गर्नुपर्ने व्यवस्था छ।   महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालले अनिवार्य दायित्वबाहेक अन्य भुक्तानी नहुने बताए।

‘सामाजिक सुरक्षा भत्ता, तलबजस्ता अनिवार्य दायित्व मसान्तसम्मै भुक्तानी हुन्छ’, उनले भने, ‘बिल पेस भएर रकम नहुँदा रोकिएको भुक्तानी पनि अघि बढ्छ।’

१७ खर्ब ५१ अर्ब बजेटमा कुल खर्च ७७।४४ प्रतिशत मात्रै
सरकारले चालू आर्थिक वर्षमा साढे ७७ प्रतिशत मात्रै खर्च गरेको छ। सोमबार रातिसम्म १३ खर्ब ५६ खर्ब रुपैयाँ खर्च भएको हो।

यसमा चालू खर्च ९ खर्ब ३३ अर्ब, पुँजीगत खर्च १ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। जुन विनियोजित बजेटको करिब ५७ प्रतिशत मात्रै हो।

वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ छुट्याएकोमा २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरेको थियो।

राजस्व संकलन ६९।५९ प्रतिशत संकलन भएको छ। राजस्वतर्फ ८ खर्ब ८८ अर्ब रुपैयाँ संकलन हुँदा गैरकर राजस्व १ खर्ब १ अर्ब रुपैयाँ संकलन भएको छ।

अनुदान भने २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ। सरकारले अन्य आम्दानीको रुपमा २३ अर्ब ९ करोड प्राप्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group