ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदको माग


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   १ : १२   बजे

काठमाडौं २५ असार । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उहाँहरुले देशभर बाढी, पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बौ रकम बराबरको क्षति भएको जानकारी जानकारी गराउनुभयो ।

सांसद नारायणप्रकाश साउदले देश अहिले बाढी, पहिरो र डुबानको चपेटामा परेको र कञ्चनपुरमा पनि ठूलो बाढी आउँदा धनजनको क्षति भएको बताउनुभयो । बाढी पहिरोबाट चार बालबालिकाको मृत्यु भइसकेको उल्लेख गर्नुभयो । सांसद साउदले सरकार समक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गर्नुभयो । उहाँले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गर्नुभयो । तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उहाँले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको बताउनुभयो ।

सांसद महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “राहत, पुनःस्थापनका काम केही हुन सकेको छैन । यसको मुख्य कुरा भनेको चुरे नै हो । चुरे विनाशका कारण तराइको भूमि मरुभूमिका परिणत हुदै गएको छ । यसको संरक्षण आवश्यक छ ।”

फरक प्रसंगमा उहाँले यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीच सत्ता समीकरण र संविधान संशोधनमा सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गर्नुभयो ।

सांसद रुपा सोशी चौधरीले देश बाढी पहिरोले आक्रान्त भएको बेलामा सुदुरपश्चिमको कैलाली र कञ्चनपुर पनि अछुतो नरहेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा १० देखि १५ दिनसम्म पनि पानीको निकास हुन नसक्ने स्थिति रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले पूर्वानुमान गरेर यसरी हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

सांसद रामकृष्ण यादवले देश अहिले राजनीतिक संक्रमणकालको अवस्थामा रहेको बताउँदै यस बीचमा जनताका समस्यामा सरकारको उचित ध्यान जान नसकेको बताउनुभयो । उहाँले सरकारसँगै राज्यका निकाय पनि चलायमान भएर बाढी पहिरोको पीडितको उद्धारमा लाग्नुपर्ने बताउनुभयो ।

सांसद पूर्णबहादुर घर्तीमगरले गए राति पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गर्नुभयो । साथै घाइतेहरुको उपचारको माग गर्दै उहाँहरुको शीघ्रस्वास्थय लाभको कामना गर्नुभयो ।

सांसद गङ्गा कार्कीले गौरीशङ्कर गाउँपालिका(९ सीमीगाउँ, रोल्वालिङ, च्छोरोल्पा पदमार्गमा आएको भीषण बाढी र पहिरोका कारण धेरै क्षति पु¥याएको जानकारी गराउनुभयो ।

सांसद मोहन बस्नेतले सिन्धुपाल्चोकमा पनि बाढीपहिरोले निकै असर पुर्याउको जानकारी गराउँदै यस्तो विपद् परेको बेलामा सम्बन्धित सांसदलाई जिल्लामा जाने व्यवस्था मिलाउनुपर्ने र गयल हुने व्यवस्था नगर्न अनुरोध गर्नुभयो ।

उहाँले सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा काम गर्ने दुई व्यक्तिको मृत्यु भएको छ । मृतकको परिवारको बच्चालाई पढाउने र एउटालाई रोजगारीको व्यवस्थाका लागि आफूले पहल गर्ने जानकारी गराउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group