ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई माओवादी सांसदको प्रश्न : कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   २ : २४   बजे

काठमाडौं २५ असार । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीसँगको सहकार्य किन तोडिएको भन्‍नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

ओलीकै प्रस्तावमा ४ महिना अगाडि एमाले र माओवादीका बीचमा सहकार्य सुरु भएको उल्लेख गर्दै उनले प्रधानमन्त्ती प्रचण्डले ‘के गर्नुपर्नेमा के गर्न सकेनन् र गठबन्धन तोडिएको हो ‘ त्यो पनि बताइदिन भनेका छन् ।

‘मैले यही मञ्चबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यले केन्द्रित भएर सहकार्य तोड्नुभयो रु’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले भने ।

चार महिना अगाडि नै कम्युनिस्ट जनमतल निराश भएकाले सहकार्य गरौं भनेर एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको र उक्त प्रस्तावलाई माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको बताए ।

 

तर, अहिले आएर सहकार्य तोडिनुको स्पष्ट कारण थाहा पाउन नसकेको उनले बताए । नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति नै गठबन्धन तोडिएको हो भन्ने उनको प्रश्न छ ।

वा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषय अगाडि बढेपछि गठबन्धन फेरिएको हो भन्ने उनको प्रश्न छ ।

ओलीले विगतमा पनि सरकारको नेतृत्व गरेको र झण्डै दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व समेत गरेको बताए । ‘उहाँ सरकारमा जाादा ७ खर्ब ऋण थियो । सरकारबाट फर्किँदा १८ खर्ब पुग्यो । ११ खर्ब ऋण नेपालको बढेको छ’ सांसद दाहालले भने ।

ओली नेतृत्वको सरकारकै पालामा भएको भ्रष्टाचारका फाइलहरु समेत खुल्न थालेपछि सरकार फेरिएको हो भन्ने उनको आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group