ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको चेतावनी : संविधान संशोधनमा खेलाँची नगर्नुहोला


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   १ : ३१   बजे

काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको भन्दै खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् । उनले राष्ट्रियसभामा माओवादी पहिलो दल रहेको स्मरण समेत गराए ।

प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाए । ‘संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला’ उनले चेतावनीको भाषामा भनेका छन्, ‘राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन रु’

स्थिरताको नाममा समावेशी, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको षड्यन्त्रको गन्ध आएको उनले बताए । उनले भने, ‘तपाईंहरुको इच्छा ०४७ सालकै वरिपरि फर्किने होला भन्ने लाग्छ मलाई ।’

कांग्रेस र एमालेले केही पश्चिमा देशको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउन खोजेको ‘ओपन सेक्रेट’ जस्तै रहेको भन्दै उनले साना दलहरुले किन समर्थन गरेको बुझ्न नसकेको बताए ।

उनले संविधान संशोधन गर्ने भए आफूहरु तयार रहेको भन्दै केही प्रस्ताव समेत अघि सारेका छन् । ‘संविधान संशोधन गर्ने हो भने आउनुस्, खुला छलफल गरौं,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं, दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔं मेरो प्रस्ताव छ ।’

दलित समुदायको जनसंख्याको आधारमा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादीको प्रस्ताव भएको उनले बताए । संविधान संशोधन नै गर्ने भए मेरो अर्को प्रस्ताव छ भन्दै उनले भने, ‘आधा आकास भाषणमा मात्र सीमित नगरौं । प्रतिनिधित्व नै सुनिश्चित गरौं । हामी पुरुषहरुले के लाछारेका छौं र अहिलेसम्म महिलालाई अविश्वास गर्न रु राज्यका हरेक अंगमा महिलाको ५० प्रतिशत सुनिश्चित हुने गरी संविधान संशोधन गरौं ।’

तर उत्पीडित जाती, वर्ग र समुदायलाई प्रतिनिधित्वविहीन बनाउने षड्यन्त्र किमार्थ सफल नहुने उनले बताए । उनले चेतवनी पनि दिए, ‘सहमति नाघेर, छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu