ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक वित्त : बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व संकलन दयनीय


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   ११ : ३९   बजे

काठमाडौं १ साउन ।   गत आर्थिक वर्ष २०८०र८१ को अन्तिम दिनसम्म सरकारले बजेट खर्चको आँकडा ८० प्रतिशत मात्र कटाउन सकेको छ । ३१ असारसम्म १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ, जुन कुल विनियोजित बजेटको ८०।४५ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको थियो । भएको खर्चमध्ये चालु खर्च ८३।४३ प्रतिशत पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष सरकारले कुल ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको थियो । ३१ असारसम्म ८३।४३ प्रतिशत खर्च भएको तथ्यांक छ । पूँजीगत खर्च भने ६३।४७ प्रतिशतमा सीमित छ ।

यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो । तर खर्च भने मात्र १ खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्र भएको छ । यसले सरकारले विकास बजेटमा ठूलो कटौती गरेको देखिन्छ ।

सार्वजनिक ऋणको साँवा भुक्तानी र संस्थानहरुमा लगानी गर्न छुट्याइएको ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँमध्ये असार मसान्तसम्म २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको छ । यो लक्ष्यको ८६।०७ प्रतिशत मात्र हो । यसप्रकार यो आर्थिक वर्षमा सरकारले कुनै पनि शीर्षकमा लक्ष्य अनुसार खर्च गर्न नसकेको देखिएको छ ।

राजस्व संकलन झनै दयनीय

वर्षभर नै तीव्र स्रोतको दवाव बेहोरेको सरकारले आर्थिक वर्ष २०८०र८१ सकिँदा राजस्व संकलन समेत लक्ष्यको निकै तल देखिन्छ । महालेखाको तथ्यांक अनुसार असार मसान्तसम्म १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।

यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमानसहित बजेट बनाएको थियो । अपेक्षाअनुसार राजश्व उठ्न नसक्दा सरकारले खर्च जुटाउन सार्वजनिक ऋणमै बढी भर पर्नुपरेको तथ्यांकले देखाएको छ ।

यस वर्ष अनुदान समेत मात्र २ अर्ब ७५ करोड आएको छ जबकी सरकारले ४९ अर्ब ९४ करोड अनुदान आउने अनुमान गरेको थियो । राजस्व, अनुदान र अन्य आम्दानीवापत यस वर्ष सरकारको कुल आम्दानी मात्र १० खर्ब ५६ अर्ब रुपैयाँ भएको तथ्यांकमा देखिन्छ । आम्दानी र खर्चका बीचमा ३ खर्ब ५२ अर्ब ३२ करोड रुपैयाँको खाडल देखिएको छ ।

सुरु भयो नयाँ आर्थिक वर्ष

यसैबीच आज १ साउनबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले चालु आव २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट ल्याएका थिए । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पुरक बजेट नल्याउने बताएका छन् ।

यसको मतलव नयाँ सरकारले समेत पुरानै सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्नेछ । चालु आवमा विकास बजेट ३ खर्ब ५२ अर्ब विनियोजन गरिएको छ । चालु खर्च ११ खर्ब ४० अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ६७ अर्ब अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group