ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिकको खुलासा : जलवायु परिवर्तनले बढाउँदैछ भूकम्प !


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   ११ : ४१   बजे

काठमाडौं १ साउन ।   भूकम्प एउटा यस्तो प्राकृतिक विपद् हो जसको भविष्यवाणी गर्न सकिंदैन । भूकम्पका कारण सुनामी, पहिरो तथा आगलागी लगायतका अन्य विपदहरू हुन्छन् । तर, के जलवायु परिवतर्न वा बढ्दो तापमानका कारणले पनि भूकम्पको संख्यामा वृद्धि हुन्छ त

वास्तवमा सबैभन्दा खतरनाक भूकम्पहरु ती हुन्छन् जो टेक्टोनिक प्लेटको टकरावका कारणले गर्दा आउँछन्। यिनै प्लेटहरुले नै पृथ्वीको माथिल्लो पत्र क्रस्ट र त्यसभन्दा तल्लो पत्र म्यान्टल बनाउँछन् ।

धर्तीको केन्द्रबाट निस्किने तापले ती प्लेटलाई चलायमान बनाउँछ, कम्तिमा एक वर्षमा आधा इन्चसम्म यी प्लेटहरू सर्दछन् । यी प्लेटहरू एक अर्कामा ठक्कर खान्छन्, माथि चढ्दछन्, तल धस्सिन्छन्, एक अर्कामा घश्रण हुन्छन् । त्यसबाट जुन प्रेसर निस्किन्छ, त्यो रिलिज हुँदा भूकम्प आउँछ।

त्यसैले भूकम्प कहिले आउँछ भनेर अड्कल काट्न मुस्किल हुन्छ । जसले भूकम्पको भयानकतालाई झनै बढाउँछ ।

भूकम्पको संख्या तथा तीव्रतालाई अन्य बाह्य तत्वहरूले पनि प्रभाव पर्ने र जलवायु परिवर्तन तथा बढ्दो तापमानले भूकम्पमा वृद्धि गर्ने पछिल्लो अनुसन्धानले देखाएको छ।

जियोलोजिकल सर्भे अफ क्यानडा तथा युनिभर्सिटी अफ भिक्टोरियाका भूकम्प वैज्ञानिक जोन क्यासिडीका अनुसार तापमान वृद्धिले हिमनदी पग्लिने र त्यसबाट समुद्रको जलसतहमा वृद्धि हुन्छ। जसका कारण माथिबाट धर्तीको माथिल्लो पत्रमा दबाब बढ्दछ । जब उक्त प्रेसर रिलिज हुन्छ, तब भूकम्प आउँछ। सो प्रेसरका कारण टेक्टोनिक प्लेट हल्लिन्छ र दबाब रिलिज गर्नका लागि स्वतन्त्र हुन्छ ।

जब टेक्टोनिक प्लेटले दबाब रिलिज गर्दछ, त्यसबाट भूकम्प आउँछ। जर्मनीका जियोफिजिसिस्ट मार्को बानहफका अनुसार समुद्रमा जलस्तर जतिधेरै बढ्यो तटीय क्षेत्रमा दबाब उति नै बढ्नेछ। उक्त दबाब फल्ट लाइनमा पर्नेछ । दबाब जतिधेरै बढ्यो भूकम्प आउने खतरा त्यति नै बढ्नेछ ।

मार्कोका अनुसार यस्ता भूकम्पको सेस्मिक चक्र सुस्त हुन्छ। इसले लामो समयसम्म दबाब झेलिरहन्छ र अचानक फाट्दछ । यस्तो खालका भूकम्प आउने अधिक सम्भावना लस एन्जल्स र सनफ्रान्सिस्को जस्ता ठाउँहरुमा रहेको छ। तर यी भूकम्पहरु कहिले आउँछन् रु भनेर अनुमान गर्न गाह्रो हुन्छ। आगामी केही दशक भित्रमा सायद यस्ता भूकम्पहरु आउन सक्ने शोधकर्ताहरु बताउँछन् ।

वर्तमानमा विश्वमा जति हरितगृह ग्यास उत्सर्जन भैरहेको छ त्यस हिसाबले आगामी कम्तिमा एक हजार वर्षसम्म समुद्रको जलस्तर बढ्नबाट कसैले रोक्न सक्नेछैन। यसबाट तटीय भूकम्प आउने तिव्रता तथा संख्या बढ्नेछ । अर्थात् लामो समयपछि आउने तटीय भूकम्प छिटो छिटो आउनेछन् । स्यान एन्ड्रियास फल्टमा आगामी १ हजार वर्षसम्म यस्ता घटना हुनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group