ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   १२ : २६   बजे

काठमाडौं १ साउन । ठुलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ ।

अठहत्तर वर्षीय ट्रम्प शनिबार पेन्सल्भेनियामा एक चुनावी र्‍यालीमा हत्या प्रयासबाट बच्नुभयो । उक्त निर्लज्ज आक्रमणले नोभेम्बरको मतदानअघि गहिरो ध्रुवीकरण भएको मुलुकलाई स्तब्ध बनाएको छ ।

“के भयो, कसरी भयो र यस्ता प्रकारका घटना फेरि नदोहोरियोस् भनेर बुझ्न सिक्रेट सर्भिसले सबै सम्बन्धित सङ्घीय, राज्य र स्थानीय एजेन्सीसँग काम गरिरहेको छ”, सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले एक विज्ञप्तिमा भन्नुभयो, “हामी हिजो राष्ट्रपति जो बाइडेनले घोषणा गर्नुभएको स्वतन्त्र समीक्षाको महत्त्व बुझ्दछौँ र यसमा पूर्णरूपमा भाग लिनेछौँ, हामी कुनै पनि निरीक्षण कारवाहीमा उपयुक्त कांग्रेस समितिहरूसँग पनि काम गर्नेछौँ ।”

पेन्सल्भेनियाको बटलरमा एउटा र्‍यालीमा बोल्दै गर्दा धेरै धमाकाको आवाज आएको थियो । ट्रम्पले आफ्नो कान समात्नुभयो, उहाँको कान र गालामा रगत देखिन थाल्यो, फेरि उहाँ भुइँमा लड्नुभयो । सिक्रेट सर्भिस एजेन्टहरूले पोडियममा आएपछि उहाँलाई घेरे र नजिकैको गाडीमा लगे ।

गोली चलाउने व्यक्ति र एक दर्शकको मृत्यु भयो । अन्य दुई दर्शक घाइते भए ।

राष्ट्रपति बाइडेनले यो साताको र्यालीका साथै ट्रम्पलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको ताज लगाइदिने मिलवाकी, विस्किन्सनमा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा सुरक्षाको पूर्ण समीक्षाको आदेश दिनुभयो ।

पृथ्वीको सबैभन्दा सुरक्षित राजनीतिक हस्तीमध्येका एकबाट करिब पाँच सय फिट ९एक सय ५० मिटर० टाढा एउटा छतमा बन्दुकधारीलाई कसरी बस्न अनुमति दिइयो भन्नेबारे सिक्रेट सर्भिस बढ्दो दबाबमा छ ।

मानिसहरूले बन्दुकधारीलाई छतमा देखिरहेको र गोली चलाउनुभन्दा अघि सुरक्षा चेतावनी दिन खोजिरहेको फोन फुटेजमा देखिएपछि प्रश्न अझ चर्को भयो ।

ट्रम्प सोमबार सम्मेलनमा उपस्थित हुने सेट गरिएपछि चिटलले एजेन्सीले कार्यक्रममा सुरक्षालाई कडा बनाउन काम गरिरहेको बताउनुभयो ।

“सिक्रेट सर्भिसले नेसनल स्पेसल सिक्योरिटी इभेन्ट्स ९एनएसएसई० को गतिशील सुरक्षा योजनाहरू डिजाइन गर्दछ जुन गतिशील सुरक्षा वातावरण र हाम्रा साझेदारहरूबाट सबैभन्दा ‘अप–टु–डेट’ खुफिया जानकारीको जवाफ दिन गतिशील हुनसक्छ”, उहाँले भन्नुभयो ।

आइतबार सिक्रेट सर्भिसले सम्मेलनका लागि ‘पूर्णरूपमा तयार’ रहेको बताएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu