ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“रक्तपिपासुहरु विरुद्ध “


एबीसी न्यूज
१६ फाल्गुन २०७४, बुधबार   ७ : ५७   बजे

तँ कुन पत्थरले बनेको छ्स हँ ?                                                                                                                                                   

रिमा के.सी.
तँ मान्छे होस कि कुनै नरभक्षी राक्षस?
कुन ढुङ्गाको मन छ तेरो ?
रगतमा डिजेल या
पेट्रोलको भेल बग्छ तेरो? आँखामा
कुन ज्वालामुखी दन्की रहेछ ?
हात गोडा हुन कि ??
गोला बारुद जडित यन्त्र ?
भन तँ को होस?
ए भन न तँ को होस?
सृष्टिका सुन्दर मुना नपलाउँदै
आशाका चन्चल ती अबोध नयनहरुले
एक झल्को खुशीकाे आकाश हेर्न नपाउँदै
आमाको एक सर्को
दुधले कलिलो पेट भर्न नपाउँदै
ममताको काखको
न्यानो स्पर्श गर्न नपाउँदै
ओठमा मिठो मुस्कान छर्न नपाउँदै
ताते ताते हिँड्न नपाउँदै
बमको वर्षा गरिस तैँले
ती कलिला नमेरा मुटुहरुमाथि
बारुदका छर्राहरुले धुजाधुजा भए
तमाम ती निर्दोष सपना
अनि कोपिला रहरहरु
जलेर ध्वस्त भए
आमाका भरिला कोखहरु
कहाँ खोजुन ती कलिला
दुधे ओठका मुस्कानहरुकहाँ वर्षाउन
अब ममताको खानी बाँकी रहेन कतै
पानीले नभिजाएको जमिन
आज रगतका भेलहरुले हिलाम्मे बने
नदि नाला भन्दा भयावह
आँखाबाट आँसुका समुद्र बगे
सुन्दर सहर उजाड मसानघाट भयो
कलिला चित्कारहरुले गुन्जिरहे कानहरु
प्यास र भोकले आज त्यो जिवित बालक
मान्छेकै हातको मासु र रगत चुस्दै छ
डर र त्राशले भरिएका निर्दोष आँखाहरुले हेर्दै थाहा छ ?
डर भन्दा ठूलो भोक हो
तँ राक्षस रगतको होलि खेल्दै छस
सिकाउँदै छस ती जिवित कलिला मनहरुलाई
रगत पिउन मासु खान
बम, गोलि र बारुदको खेल खेल्न
अनि तैँले जस्तै मान्छेको रगतको होली खेल्न
बस तँ यति बुझिराख
उ सिक्ने छ तेरो सिकाई उ आउने छ
तेरो देशमा बमबारिसले ढाक्ने छ
आकाश गोलि र बारुद धर्तीमा रोप्ने छ
फलाउने छ आतंक अनि
भोककाे खेती सिक्ने छ
तेरो र तँ जस्ताको रगतले
समुद्र बगाउने छ
त्यो दिन भर्ने छ तेरो रगत र मासुले
उस्ले पेट र डकार्ने छ बदलाकाे तुष्टि !

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारमाथि वर्षमान पुनको प्रश्न

सम्बन्धित

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu