ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : ०५   बजे

काठमाडौं । अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यासभिल’बाट चर्चित अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन भएको छ।

उनका पिता स्किप प्यानेटियरले विज्ञप्तिमार्फत हेडनको निधन पुष्टि गरेका हुन्। बीबीसीसहित सञ्चारमाध्यमलाई दिएको बयानमा उनले परिवार गहिरो दुःखमा रहेको बताउँदै हेडन असाधारण प्रतिभाकी अभिनेत्री रहेको उल्लेख गरेका छन्।

हेडनको निधनको कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। उनको निधनको खबरसँगै हलिउड तथा विश्वभरका उनका प्रशंसकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन्।

टेलिभिजन सिरिज ‘हिरोज’मा अलौकिक शक्ति भएकी चियरलिडरको भूमिका निर्वाह गरेपछि हेडनले अन्तर्राष्ट्रिय ख्याति कमाएकी थिइन्। उनले ‘रिमेम्बर द टाइटन्स’ र ‘रेजिङ हेलेन’ लगायतका चलचित्रमा समेत अभिनय गरेकी थिइन्।

उनका पिता स्किपले परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। उनले हेडनको निधन परिवारका लागि ‘अकल्पनीय क्षति’ भएको भन्दै यसबाट सम्हालिन परिवारलाई समय आवश्यक रहेको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शासकीय अराजकता रोक्न प्रधानमन्त्रीलाई गगनको सुझाव

उत्पादन बढ्यो, विद्युत् खपतको गति सुस्त

सम्बन्धित

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट

बक्सअफिसमा ‘गौँथली’को दबदबा, २३ करोड ५५ लाख कमाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu