ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : ३५   बजे

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ।

आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै मृतक मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आग्रह गर्नुभएको हो।

आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ। मतदाताको मृत्यु भएपछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र जानकारी गराई मतदाता नामावली अद्यावधिक गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

‘मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार हो,’ आयोगको विज्ञप्तिमा उल्लेख छ।

गत फागुन २१ गतेको निर्वाचनपछि चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सञ्चालन भइरहेको आयोगले जनाएको छ।

यस्तो छ नामावली अद्यावधिक प्रक्रिया

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले सोही परिचयपत्रको विवरणका आधारमा अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था छ।

त्यस्तै, मतदाता नामावलीमा नाम, थर वा ठेगाना सच्याउने, एउटै वडाभित्र रहेका दुई वा सोभन्दा बढी मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसार विवरण सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका कार्यका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने आयोगले जनाएको छ।

आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक राख्न सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

वाग्मती एमालेमा मुख्यमन्त्रीको किचलो : विवाद मिलाउन ‘दुई विकल्प’ अघि सारियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको लोकप्रियता ओरालोमा, अनुमोदन दर ३३ प्रतिशतमा झर्‍यो

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

वाग्मती एमालेमा मुख्यमन्त्रीको किचलो : विवाद मिलाउन ‘दुई विकल्प’ अघि सारियो

राजेन्द्र राईको माग : ‘गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिऔँ’

सरकार जनसरोकारका विषयमा संवेदनशील भएन, अधिनायकवादतर्फ उन्मुख छ : कांग्रेस सांसद केरुङ

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu