ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   १२ : ४०   बजे

काठमाडौं १६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले सबै सम्भावना प्रयोग गरेर भए पनि थपिएको समयसीमाभित्र सो भवन निर्माण सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थपिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुने गरी कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।

उहाँले समयमै काम सम्पन्न हुने गरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घचघच्याइने काम गरिरहेको बताउनुभयो । बाँकी भएको कामलाई ठेक्काको समयभित्रै सक्न काममा ढिलासुस्ती भएकाले त्यसलाई घचघच्याउनका लागि पनि आफूहरूले काम गरिरहेको उहाँको भनाइ थियो ।

सहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्न गर्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत १८ गतेसम्मका सो भवनको निर्माण सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ । २०७६ साल असोज १६ गते करिब छ अर्ब ३० करोड रुपियाँ लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कोभिडका कारण केही समयपछि धकेलिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

बाँकी भने थपिएको समयभित्र सो कार्यसम्पन्न गराउन निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलालले बताउनुभयो ।

यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण छिटो सक्ने गरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group