ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाघ खोज्न ड्रोन उडाउँदै थियो निकुञ्जको टोली, हीरालाई घिसार्दै बाघ उखुबारीमा पस्यो


एबीसी न्यूज
१७ श्रावण २०८१, बिहिबार   ४ : ४०   बजे

काठमाडौं १७ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा केही दिनयता बाघ देखापरेको थियो। बुधबार बेलुका घाँस काट्ने महिलाले उखुबारीमा बाघ देखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे।

त्यसलगत्तै बेलुका ६ बजे पुगेको निकुञ्जको टोलीले बाघको खोजी गर्‍यो तर भेटिएन। अर्को दिन बिहीबार बिहान निकुञ्जका पशु चिकित्सक आभाष श्रेष्ठसहितको टोली त्यही क्षेत्रमा पुगेको थियो।

उनीहरूले बाघ खोज्न ड्रोन पनि साथमै ल्याएका थिए। बाघलाई नियन्त्रणमा लिन ठाउँ पहिल्याउँदै थिए।

‘बाघ देखापरेको सूचनापछि हामी बिहान प्रत्यक्षदर्शीलाई लिएर एरिया हेर्दै थियौँ। बस्तीनजिकै भएकाले कसरी बाघलाई नियन्त्रणमा लिन सकिन्छ भनेर विश्लेषण गर्दैथियौँ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘बाघ हेर्न ड्रोन उठाउने तयारी गर्दै गर्दा अर्कोपट्टिबाट होहल्ला आयो। त्यहाँ गएर हेर्दा मान्छेलाई लगेको रहेछ।’

स्थानीयका अनुसार धान खेतनजिकै उखुबारी छ। बिहान केही महिला खेतको घाँस उखेलेर धान गोड्दै थिए। त्यसैबेला उखुबारीबाट आएको बाघले दोधारा चाँदनी नगरपालिका–२, कमलशा टोलकी २६ वर्षीया हीरा शाहलाई आक्रमण गर्‍यो। उनलाई घिसार्दै उखुबारीतर्फ लगेको थियो।

सीमावर्ती भारतीय क्षेत्रबाट बाघ आएको हुन सक्ने अनुमान छ। सुख्खा बन्दरगाह निर्माणस्थल पर भारततर्फ केही दिन पहिले बाघले गोरुको सिकार गरेको स्थानीयहरू बताउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाघको त्यस क्षेत्रमा ‘मुभमेन्ट’ कम रहेको संरक्षण अधिकृत ऐरको भनाइ छ।

‘महाकाली तरेर जानुपर्छ। मायापुरी सामुदायिक वनबाट जाँदा बस्ती खेती छिचोल्नुपर्छ,’ उनले भने, ‘यो बाघ उखुबारीमा बस्न बानी परेको देखिन्छ।’

उखुबारीमा बस्ने स्वभावको बाघ भारतको पिलिभित टाइगर रिजर्भमा पाइने गरेको उनको भनाइ छ। हीराको ज्यान लिने हिंस्रक बाघ खोज्न अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती घटनास्थलमा परिचालन गरिएको छ।

आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। नजिकै बस्ती रहेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने प्राविधिक टोली आउँदै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन संयुक्त अपिल

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu