ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडामा कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   ३ : २५   बजे

काठमाडौं २३ साउन । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले कम्पनी दर्ता गरी कार्यालय नै राखेर अनलाइन ठगीमा संलग्नलाई पक्राउ गरी अदालतमा पेस गरिएको जानकारी दिए ।

‘त्यहाँबाट अनलाइन ठगीको काम हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर सबै डाटा भारतको राँचीस्थित हेड अफिसमा मात्रै रहेको भेटियो,’ एसपी रिजालले भने ।

 

भारत नयाँदिल्ली घर भएका द्रविनकुमार सिंहको नाममा १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिका कार्यालयमा ‘मेडिअसिष्ट’ कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी खोलेको प्रहरीले जनाएको छ ।

उक्त कम्पनी सोही मितिमा आन्तरिक राजस्व कार्यालय हेटौंडामा मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापका सेवा प्रदान गर्ने प्रयोजनका लागि दर्ता रहेको एसपी रिजालले जानकारी दिए ।

‘मेडि असिष्ट’ कम्पनी देखाएर सर्वसाधारणलाई अनेकौं प्रलोभनमा पार्ने, सट्टेबाजी खेलाउने, क्रिप्टोकरेन्सीको काम गर्ने, उपहार परेको वा पार्सल आएको नाममा अनलाइन ठगी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।

पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कडलाई पक्राउ गरेको हो ।

यसैगरी राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।

ठगी धन्दामा संलग्न थप तीन जना फरार रहेको उनको भनाइ छ । कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित फरार रहेका हुन् ।

उक्त कम्पनीबाट कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको साथै अभिलेखीकरण पनि नभएको, भारतको राँचीस्थित हेड अफिसमा मेन सरभर राखेर ‘क्वीक कल क्लाइन्ट सफट्वेयर’ मार्फत काम गर्ने गरिएको, सफ्टवेयरमार्फत ‘टार्गेट’ व्यक्तिको पहिचान गरी उसको सम्पूर्ण विवरण सफ्टवेयरमार्फत नै भारत पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले जानकारी दिए ।

त्यो कम्पनीले नेपाली तथा विभिन्न देशका व्यक्तीहरुलाई ‘टार्गेट’ बनाउने गरेको, कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको, जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो त्यो अनुसारको कुनै पनि कार्यहरु हालसम्म पनि नगरिएको जनाइएको छ ।

प्रहरीले उक्त कार्यालयबाट ल्यापटप ७ वटा, राउटर ३ वटा, मोबाइल १३ वटा, हार्डडिस्क १, बेव क्यामेरा १, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group