ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा हिन्दु समुदायप्रति भइरहेको आक्रमण रोक्न दूतावासमा ध्यानाकर्षण


एबीसी न्यूज
२५ श्रावण २०८१, शुक्रबार   ३ : ५१   बजे

काठमाडौं २५ साउन ।   बंलादेशमा शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशी हिन्दूमाथिको आक्रमणप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवाला निकायहरूले आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौँस्थित बंगलादेशको दूतावास अगाडि सनातन फाउन्डेशन, भारतवर्ष पौराणिक सभ्य समाज लगायतका संस्थाले दबाबमुलक प्रदर्शन गरेका छन्।

बंगलादेशमा बनेको नयाँ सरकारलाई त्यहाँ रहेका हिन्दुहरूको सुरक्षामा ध्यान पुगोस् भनेर दूतावासमार्फत ध्यानाकर्षण गराइएको सनातन फाउन्डेशनका संयोजक सन्तोष प्रधानले जानकारी दिए।

उनले हिन्दुमाथिको आक्रमण बढ्दै जाँदा बंगलादेशमा मात्रै नभइ त्यसको असर विश्वभरी पर्नसक्ने भन्दै दूतावासको ध्यानाकर्णषण गराइएको पनि बताए।

उनीहरूले राजदूतको सचिवालयमार्फत एक ध्यानाकर्षण पत्र पनि पठाएका छन्।

हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको हत्या, आक्रमण, आगजनी तथा सिर्जना गरिएको त्रासदी मानवता विरोधी क्रियाकलाप रहेको उनीहरूको भनाइ छ।

सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिना एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिन बाध्य भइन् । त्यसपछि बंगलादेशको सुरक्षा स्थिति सबल नहुँदा हसिनाका पार्टीका समर्थक र हिन्दू समुदायमाथि आक्रमण बढेको छ।

९१ प्रतिशत मुस्लिम रहेको बंगलादेशमा दोस्रो ठूलो धर्मावलम्बी हिन्दूहरू करिब आठ प्रतिशत छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu