ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जल संकटसँग जुध्न बर्लिनमा बनाइँदैछ विशाल इनार


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   १ : ५५   बजे

काठमाडौं २७ साउन ।   जर्मनीको राजधानी बर्लिन शहरको सरकारले बढ्दो तापमान, खडेरी र सडकमा भल बग्ने समस्या समाधान गर्ने उद्देश्यले वर्षाको पानी जम्मा गर्ने उपाय अपनाएको छ । त्यसका लागि ठाउँठाउँमा ठूला–ठूला इनार बनाइएको छ ।

जर्मनीको राजधानी बर्लिन सुख्खा क्षेत्रको रुपमा चिनिन्छ । यहाँ हरेक वर्ष गर्मीको बेला पानीको समस्या हुन्छ । वर्षाको बेला ढल फुटेर ओभरफ्लो पनि हुन्छ ।

यही कारण बर्लिनमा स्पन्जले जसरी पानी सोस्ने र वर्षाको पानी भण्डारण गर्ने उपाय खोजिएको हो । यदि आवश्यक परेमा भण्डारण गरेर राखिएको त्यही पानी शुद्धीकरण गरेर उपयोग गर्न पनि सकिन्छ ।

पानीको समस्या समाधान गर्नका लागि भूमिगत बेसिनहरू बनाइएका छन् । यी बेसिनहरुले खेर जाने पानीलाई पार्किङ गरेजस्तै राख्ने काम गर्छन् । वर्षा भएको बेला आसपासका क्षेत्रबाट पानी त्यही बेसिनमा गएर जम्मा हुन्छ । त्यो पानीलाई ट्रिटमेन्ट प्लान्टमा लगिन्छ । त्यहाँ पानी शुद्धीकरण गरेरमात्र नहर वा नदीहरुमा छाडिन्छ ।

 

बर्लिनमा पानी जम्मा गर्न नौ वटा क्षेत्रमा त्यस्ता बेसिन निर्माण गरिसकिएको छ । तीमध्येको एक माउर पार्कको तल छ । यो पार्क प्रेन्जलाउर बर्ग जिल्लामा घुमघामका लागि लोकप्रिय छ ।

अर्को एउटा सबैभन्दा ठूलो बेसिन निर्माणाधीन छ । यसको आकार माउरपार्कको बेसिनभन्दा दोब्बर ठूलो हुनेछ ।

 

जमिनमा ३० मिटर गहिरो गोलाकार खाल्डो खनेर बेसिन बनाउने काम जारी छ । क्रंक्रिटबाट निर्माण भइरहेको यो बेसिन सन् २०२६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसमा करिब १७ हजार क्युबिक मिटर पानी जम्मा गर्न सकिन्छ । यो ओलम्पिकका सात वटा स्विमिङ पुल बराबरको हुने छ । भारी वर्षा भएर जल प्रवाहमा दबाब परेमा अतिरिक्त पानी यही बेसिनमा जम्मा गर्ने योजना छ ।

बर्लिनको जल विभाग बीडब्ल्यूबीका प्रवक्ता आस्ट्रिङ हेकेनेश रुम्प भन्छिन्, ‘वर्षाको पानीको संरक्षण गर्न सकियोस्, सुख्खायाममा राहत मिलोस्, बढी वर्षा भएर ढल प्रणालीमा दबाब नपरोस् र नदीमा फोहोर पानी नमिसियोस् भनेर यो काम सुरु गरिएको हो ।’ उनका अनुसार यसले भारी वर्षासँगै ओभरफ्लो भएर ढलयुक्त फोहोर पानी सडक, नदी र नहरमा पुग्न पनि जोगाउँछ ।

बर्लिनको जल विभागले शहरभर पिउने पानीको आपूर्ति गर्दछ । साथै ढल प्रशोधन गरेर सफा पानी मात्र बगाउने जिम्मेवारी पनि यही विभागको छ ।

प्रवक्ता हेकेनेश रुम्प भन्छिन्, वर्षाको बेला शहर र गाउँको ढल एउटै पाइपमा मिसिँदा ओभरफ्लो हुन्छ । त्यसैले ओभर फ्लो हुनबाट रोकेर ट्रिटमेन्ट प्लान्टसम्म पानी पुर्‍याउने गरी संरचनाहरुको डिजाइन गरिएको छ ।

बर्लिनमा १० हजार किलोमिटर लामो ढल प्रणालीमा २ हजार किलोमिटर संयुक्त ढल प्रणाली छ । त्यसमा १८० स्थानमा ओभरफ्लो हुने समस्या छ । ती स्थानबाट ओभरफ्लो हुने फोहोर पानी बगेर स्प्री नदीमा मिसिन्छ ।

 

बर्लिनमा नदीको जल प्रवाह सुस्त छ । त्यसैले फोहोर पानी छिट्टै बग्दैन । जल विभागकी प्रवक्ता हेकेनेश रुम्प भन्छिन्– बर्लिनको नदीको प्रवाह १० क्युबिक मिटर प्रतिसेकेण्ड भन्दा पनि कम छ । त्यसैले यहाँ बगेर जे पुग्छ, लामो समयसम्म त्यहीँ रहन्छ । ढलको फोहोर पानी मिसिँदा नदीको पानीमा अक्सिजनको कमी हुन्छ र माछाहरु मर्न थाल्छन् ।

बर्लिन शहरमा घना बस्ती छ । त्यसैले खाली जग्गा पाउन मुस्किल छ । कंक्रटि ढलान भएकाले जमिनले पानी सोस्न सक्दैन र वर्षाको पानी बगेर नाला वा ढलमा पुग्छ । जल विभागका प्रवक्ता हेनेकेश रुम्पका अनुसार सरदरभन्दा एक प्रतिशत मात्रै बढी वर्षा भयो भने पनि तीन प्रतिशत बढीले ओभरफ्लोको समस्या हुन्छ ।

त्यसैले बर्लिनको संसद र जल विभागले ‘रेन वाटर एजेन्सी’ बनाएका छन् । यो एजेन्सीले शहरमा निर्माण कार्य गर्ने व्यक्तिलाई पर्यावरण अनुकूलका घर र छत बनाउन लगाउनुका साथै वर्षाको पानी जम्मा गर्ने तरिकाबारे सिकाउँछ । बर्लिन शहरमा वर्षाको पानी जमिन मुनि पुर्याउने खालको डिजाइनको नियम पालना गर्न बाध्यकारी बनाइएको छ ।

उदाहरणका लागि एक नयाँ अपार्टमेन्टको छतमा पोखरी नै बनाइएको छ । त्यसमा वर्षाको पानी जम्मा हुन्छ । त्यो पानी सिंचाइ र सफाइका काममा उपयोग गरिन्छ ।

पर्यावरण अनुकूलका यस प्रकारका उपायबाट तापक्रम वृद्धिलाई केही कम गर्न पनि मद्दत मिल्छ । अचानक आउने बाढी, डुबान र जलसंकटलाई पनि केही हदसम्म कम गर्न सकिन्छ ।

बर्लिनको जल विभागकी प्रवक्ता हेनेकेश रुम्प भन्छिन्, ‘जल संकटको समाधानका लागि नयाँ सोच र सामूहिक प्रयास जरुरी छ । हरेक व्यक्तिले आफ्नो सीमाभन्दा पनि परसम्म सोच्नुपर्ने भएको छ ।’

– एजेन्सीको सहयोगमा

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu