ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजार ८२९ जनाले गराए राहदानी नवीकरण


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   १२ : १३   बजे

काठमाडौं ३० साउन । राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट तीन हजार ८२९ जना नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिएको दूतावासले विज्ञप्तिमा जानकारी दिएको हो ।

यसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० युरो अर्थात् सात करोड २० लाख ११ हजार ५५४ नेपाली रुपियाँ बराबरको राजस्व सङ्कलन भएको दूतावासले जनाएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारीको सहभागिता थियो । घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए ।

शिविरमा आएर आवेदन दिएका तथा हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रूपमा पेरिसमै आई आवेदन गरी तयार भएका तर बुझिलिन बाँकी रहेका राहदानीहरू वितरण गर्ने तथा नवीकरणका लागि छुट भएका नेपालीहरूको राहदानी नवीकरण गर्न छिट्टै अर्को शिविर सञ्चालन गरिने पनि दूतावासले जानकारी दिएको छ ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । तत्कालमा समस्याको रुपमा देखिएको कागज प्रमाणीकरणसम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास गम्भीर रहेको जनाइएको छ । यस्ता समस्या समाधान गर्न राजदूतावास प्रयत्नशील रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu