ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्यान्डका प्रधानमन्त्री स्रेत्था संविधानको उल्लंघन गरेको आरोपमा बर्खास्त


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   ३ : ४८   बजे

काठमाडौं २९ साउन । थाइल्यान्डका प्रधानमन्त्री स्रेत्था थाविसिनलाई संविधानको उल्लंघन गरेको आरोपमा अदालतले  बर्खास्त  गरेको छ । यस घटनाले थाई  राजतन्त्रलाई थप राजनीतिक अनिश्चिततामा डुबाएको छ। सोही अदालतले देशको लोकप्रिय प्रगतिशील मूव फर्वार्ड पार्टीलाई एक हप्ता अघि भंग  गरिदिएको थियो ।मूव फर्वार्डले  गत चुनावमा सबैभन्दा बढी सिट जितेको थियो । यो दलका  नेताहरूलाई १० वर्षको लागि राजनीति गर्न प्रतिबन्ध लगाइदिएको छ ।

बाङ्गकोकको संवैधानिक अदालतले बुधबार स्रेत्थालाइ क्याबिनेटमा जेल बसेको एक वकिललाई नियुक्त गरेर नैतिक नियमहरू उल्लंघन गरेको भन्दै पदबाटै हटाउने कठोर फैसला सुनाएको  हो ।

अदालतका नौ न्यायाधीशहरू मध्ये पाँचजनाले स्रेत्था र उनको क्याबिनेटलाई बर्खास्त गर्ने पक्षमा फैसला  गरेका छन्।

अब नयाँ सरकार गठन गर्नुपर्छ सत्तारुढ Pheu Thai- नेतृत्वको गठबन्धनले नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्नेछ, जसलाई ५००-सिटको संसदमा बहुमत ल्याउनु  पर्नेछ ।थाइ राजनीतिका स्थापित खेलाडी थाक्सिन सिनवार्ता संस्थापक रहेके यस पार्टीको संसदमा १४१ सिट मात्र छ भने सवैभन्दा ठूलो दल मूभ फरवार्डलाई अघिल्लो साता यही अदालतले राजतन्त्रको आलोचनाको विषय चुनावी घोषणा पत्रमा राखेको भन्दै भंग गरिदिएको छ । यो दलको संसदमा १५१ सदस्य निर्वाचित भएका थिए ।

निर्णयपछि संवाददातासँग कुरा गर्दै स्रेत्थाले प्रधानमन्त्रीको रूपमा सकेसम्म राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताए । उनले  अदालतको  “निर्णय स्वीकार्छु” भन्दै अर्को सरकारले आफ्नो नीतिहरू जारी राख्नेमा आशंका  व्यक्त गरेका छन् ।

विपक्षीलाई प्रतिबन्ध लगाउँदैमा थाइल्यान्डको अलोकप्रिय शासन जोगिन सक्दैनः इकोनोमिष्ट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu